रोटरी क्लबकाे सहयाेगमा दमकमा डाईलेसिस केन्द्र खुल्दै

0
535

दमक /झापाको दमकमा लाईफलाईन अस्पतालसँगको सहकार्यमा रोटरी क्लव अफ दमकले दमक रोटरी डाइलेसिस केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

बुधबार रोटरी क्लव अफ दमकका अध्यक्ष दिपु चापागाई सन्दिप र लाईफलाईन अस्पतालका अध्यक्ष तिलकचन्द्र शाहले ओएमयु मा हस्ताक्षर गरेका हुन् ।

हस्तारक्षर भएसँगै माईपश्चिम र ईटहरी पूर्वकाका किड्नीका बिरामीलाई प्रत्यक्ष फाईदा पुग्नेछ । रोटरी क्लव अफ दमकका पूर्व अध्यक्ष मोहन ढकालका अनुसार ४ शैयाको केन्द्रमा ४ वडा डाईलेसिस मेसिन रहनेछन् भने आगामी २ महिनामा नै केन्द्र सञ्चालनमा आउने छ । करिब ८० लाखको लागतमा बन्ने डाइलेसिस केन्द्रमा किडनीको सर्जिकल र मेडिकल सेवा दिइनेछ ।

रोटरी क्ववको अगुवाईमा देशभर ५ वटा डाईलेसिस केन्द्र सञ्चालनमा रहेको रोटरी क्लव अफ दमकका प्राईमरी कनट्याक्ट पर्सन सागर श्रेष्ठले बताए । यस अघि झापाका बिर्तामोड र मेची अञ्चल अस्पताल भद्रपुरमा यस्तो सेवा दिइदै आएकोमा अब दमकका बिरामीहरुलाई धेरै फाइदा पुग्ने लाईफलाईन अस्पतालका डा. मुक्ति भट्टराईले बताए ।

यो केन्द्र सञ्चलनमा आएपछि किड्नीका क्रोनिक तथा अन्य बिरामीले डाईलेसिस सेवा सर्वसुलभ खर्चमा आफ्नै घर आँगनमा पाउनेछन् । किड्लीले गर्न नसकेको कामलाई डाईलेसिस मेसिनले गर्दछ । किड्नी बिरामहरुलाई यो अनिबार्य छ तर यहाँका धेरै बिरामी बिराटनगर ,काठमाडौ लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो । अब यो डाइलेसिस केन्द्र सञ्चालनमा आएपछि यि सबै समस्या हल हुने लाईफलाईन अस्पतालका डां तथा अध्यक्ष तिलकचन्द्र शाहले बताए ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको अवस्थामा यो केन्द्र सञ्चलनमा आए धेरै बिरामीले राहत महसुस गर्ने धारणा राखे । उनले किड्नी लगायका बिरामी महिनमा ४० जना भन्दा बढी सिफारिश गरी सवास्थ्य मन्त्रालय पठाउने गरिएको बताए । यो डाईलेसिस केन्द्रले बिरामीहरुमा आर्थीक तथा समयको बचत गर्नेमा आशा ब्यक्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here