दमक लाई अन्तराष्ट्रिय स्तरमा चिनाउदै खेलाडी, दमक ३ वडा कार्यलयले गर्यो सम्मान

0
1057

दमक, पुस २९ / दमक ३ वडा कार्यलयले खेलाडी लाई सम्मान गरेको छ ।

दमक ३ नम्बर वडा कार्यलमा एक कार्यक्रम गरी  भारत र बंगलादेशमा बिजयी भएका खेलाडी तथा प्रशिक्षक लाई स्वागत तथा सम्मान गरेको हो ।

गत पुस १६ गते बङ्लादेश को जिकरगजमा भएको वाल्टन तेस्रो अन्तरष्ट्रिय कराते प्रतियोगितामा झापा दमक ३ का मन कुनार लिम्बुले ५५ केजी समुहमा र दमक ३ कै पेम्दीकी षेर्पा ५० केजी समुहमा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगिता ६ देश का बिभिन्न उमेर समुहका खेलाडीको सहभागीता रहेको थियो ।

त्यस्तै भरत को कलकत्तामा जनवरी ९,१०,११ सम्पन्न भएको नौ S.S.K.A.I अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रनिसा नेपाल ४० केजी समुहमा स्वर्ण पदक,पेम्दीकी षेर्पा ५० केजी पदक स्वर्ण पदक, एडी गिरी ४० केजी स्वर्ण पदक ,बिसाल सुनुवार ४५ केजी मा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी लाई एकैसाथ सम्मान तथा स्कगत गरीएको थियो । सोही अवसरमा खेलाडीले समग्रखेलमा नेपाल दोस्रो भएकोले पाएको सिल वडा वडाकार्यलय लाई हस्तान्त्रण गरिएको थियो

 अन्तराष्ट्रिय स्तरमा खेलको क्षेत्रबाट देशको गरीमा लाई बढाएको मा खेलाडी लाई बधाई दिनु को साथै वडा को तर्फबाट खेलाडी लाई सकेको सहयोग गर्ने वडा अध्यक्ष नबिन बरालले बताए ।

आफुले प्रशिक्षण गरेका प्रशिक्षार्थिे अन्तराष्ट्रिय स्तरमा सफल्ता हासिल गरेकोमा खुशि ब्यक्त गर्दै अामचोक डोजोका कोच डम्मबर बहादुर सुनुवारले जन प्रतिनिधि आए देखी अन्तराष्ट्रिय स्तरमा सहभागी जनाउन सहज भएको बताए ।

सम्मान कार्यक्रममा वडा सदस्य, स्थानिय र वडा सचिब सन्दिप सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here