Thursday, February 20, 2025
Home Blog Page 20

दमक युथ क्लबकाे अध्यक्षमा प्राध्यापक पारस आचार्य

दमक ७ मा रहेकाे दमक युथ क्लबकाे २३ औं साधारण सभा आज सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष काजी लाम्गादेकाे  सभापतित्व तथा दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठकाे प्रमुख आथित्यतामा क्लबको  साधारण सभा सम्पन्न भएको हो । नेपाली काग्रेस दमक नगर सभापति प्रकास प्रसाइकाे विशेष आथित्यता भएकाे साधारण सभामा वर्ष भरी गरीएकाे कार्यक्रमकाे विवरण सार्वजनिक गरीएकाे थियाे ।

क्लबले साधारण सभाबाट ९ सदसीय नया समिति समेत चयन गरेकाे छ । दमकमा बिभिन्न समाजिक गतिबिधि गर्दै अाएकाे क्लबकाे नया समितिकाे अध्यक्ष पारस आचार्य,उपाध्यक्ष अर्जुन आचार्य, सचिब सेन्जित रोनियार, सह सचिब प्रबिन जैसवाल,कोषाध्यक्ष  राजु श्रेष्ठ, सदस्यहरूमा विवेक लाम्गादे, सुमन खतिवडा ,सन्तोष थापा र सुजित शाह रहेका छन् ।

कार्यक्रममा ब्यवसायी तथा क्लबका सल्लाहकार अजय अग्रवाल, किरण थापा, रबि केशी, राज कुमार खड्का लगायतले क्लबका गतिबिधिकाे प्रशंसा गर्दै क्लबकाे माध्यम बाट युवालाइ  समुहमा  जाेडेर समाजमा धेरै परिर्वतन गर्न सकिने बताउदै नवनिर्वाचित सदस्यलाइ बधाइ साथै शुभकामना दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी, राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउदैछन् । यस्तै, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । यस पटक ‘तो ल्हो’ अर्थात बाघ वर्गको बिदाई गरी ‘हि ल्हो’ अर्थात बिरालो वर्गको वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाइने छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने पर्वको रुपमा मनाउन गरिन्छ ।

पुस १५ सबैभन्दा छोटो दिन र रात सबैभन्दा लामो हुने विश्वास पनि रहेको छ । यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आज २०७९ पुस १५ गते शुक्रवारको राशिफल

0

आजको राशिफल – Aajako Rashifal
२०७९ पुस १५ गते शुक्रवार, ३० डिसेम्बर २०२२। पौष शुक्लपक्ष अष्टमी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १७ः०५ बजेदेखि रेवती। चन्द्रराशि– मीन।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक काममा मन रमाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउन सक्छ। तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि काम गर्न सकिनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

विश्व चर्चित ब्राजिलका फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।

पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् ।यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।

ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कम्बोडिया क्यासिनो आगलागी, सोह्र जनाको मृत्यु

थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन ।

पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् ।

आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुरु भयो प्राधिकरणको उज्यालो पोखरा अभियान

मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिलि बनाउने काम भइरहेको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको प्राधिकरणले जनाएको छ । हालसम्म आठ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।

महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार छ सय २४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आगामी फागुनभित्र सकिने छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ । रिमोटमार्फत बिरौटा, लेकसाइडलगायत ठाउँमा राखिएका हाइमास्ट र सडक बत्ती बालिएको थियो । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधैँ जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेपालकै सबैभन्दा ठूलो धनराशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुनेभएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजनासहित शोको घोषणा गरेको हो । यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउण्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा भाग लिन चाहने नेपाली भाषीहरूले इन्ट्रा फाउण्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् । यी दुवै रियालिटी शोका विजेताले एक–एक करोड पुरस्कार पाउनेछन् । यस्तै, दुवै रियालिटी शोको फष्ट रनरअपले ३०-३० लाख र सेकेण्ड रनरअपले २०-२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डललाई परिचय गराइएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान हुनुहुन्छ भने ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई रहनुभएको छ । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नुहुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा एक हप्तामा कित्ता काट खुल्ने

दमक/ दमकमा रोकिएको जग्गा कित्ता काट अब सुरु हुने भएको छ ।

दमक नगपालिकाका मेयर राम थापा उपमेयर रेगीना भट्टराईले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय उप सचिव काजी बहादुर विष्ट संग भेट गरे सँगै लामो समय देखि रोकिएको जग्गा कित्ता काट सुरु हुने भएको
नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराईले बताउनु भयो ।हामी काम विशेषले काठमाण्डौ छौ । दमक फर्के लगत्तै उक्त कुरा कार्यान्यन हुने जानकारी दिनु  भयो ।

यो सँगै धेरै समय देखि रोकिएको जग्गा किन वेचको समस्या समाधान हुने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा प्याब्सनको सास्कृतिक कार्यक्रम हुँदै

दमक/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) दमकले भोलि बिहीबार र शुक्रबार दमकमा सास्कृतिक कार्यक्रम गर्ने भएको छ।

प्याब्सन दमकका सचिव नवीन योगीका अनुसार दमकको सनराइज मोडल स्कुलमा दुई दिवसीय सास्कृतिक कार्यक्रम हुन लागेको हो। “कार्यक्रमका लागि सम्पुर्ण तयारी पूरा भएको छ” सचिव योगीले भने: प्रतेक बर्षहुने सांस्कृतिक  प्रतियोगितामा पहिलो दिन आधुनिक र राष्ट्रिय त्यसै गरी दोस्रो दिन सांस्कृतिक र गायन प्रतियोगीता हुने छ

कार्यक्रममा दमक प्याब्सनसग आवद्ध ४३ वटा बिद्यालय सहभागी हुने र कार्यक्रम दमक नगरपालिकाका प्रमुख राम थापाले उद्घाटन गर्ने दमक प्याब्सनका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्