लोपोन्मुख बन्यजन्तु चोरी तस्करी बढ्दै,

0
536

इलाम, १९ अशोज / पछिल्लो समय इलामको नेपाल भारत सीमावर्ती क्षेत्रमा पाइने हरिण र थारको चोरी तस्करी बढेको छ । ३ हजार मिटर उचाई भन्दामाथि पाइने थारको खुल्ला सीमाना र संरक्षणको काम नहुँदा चोरी शिकारी र तस्करी बढेको हो । इलामको उत्तरी माईजोगमाई र सदकपुर गाउँपालिका क्षेत्रमा पाइने हरिण र थार संरक्षणको अभावमा तस्करी बढेको स्थानीयको भनाइ छ ।
सीमा क्षेत्रको भारतपट्टि सिंहलिला लेसनल पार्क बनाएर संरक्षण गरेपनि नेपाली क्षेत्रमा संरक्षण काम भएको छैन । सीमा क्षेत्रको भारतपट्टि सिंहलिला नेसनल पार्क निर्माणपछि शिकारीहरु खुल्ला सीमानाका कारण नेपाली क्षेत्रको जंगलमा आएर शिकार गर्दै आएको स्थानीयबासी बताउँछन् । सीमा क्षेत्रमा नेपाली सुरक्षा निकायको उपस्थिति नभएपछि शिकारीलाई लोपउन्मुख वन्यजन्तु शिकारी र तस्करीमा सहज भएको स्थानीयको बुझाइ छ ।

डिभिजन वन कार्यालय इलामका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार भारतको सींहलिला नेसनल पार्क नजीकै भएकाले सीमा क्षेत्रमा थारको बसोबास रहेको पाइन्छ । ३ हजार मिटर माथि बसोबास गर्ने थार इलाममा कुन जातको पाइन्छ त्यसबारे अनुसन्धानको काम नभएको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो ।
लोपउन्मुख वन्यजन्तु संरक्षणमा काम गर्दै आएको उच्च पहाडी जडबुटी उत्पादक तथा संरक्षणमा काम गर्दै आएका संरक्षण अधिकृत फिन्जु सेर्पाका अनुसार इलामको उच्च पहाडी क्षेत्रको १२ वटा सामुदायीक वनमा प्रशस्त मात्रामा थारको बसोबास पाइन्छ । खुल्ला सीमानाका कारण शिकारीहरुलाई थारको शीकारमा सहज भएको संरक्षणर्कीको भनाइ छ ।
भारतसँग सीमा जोडिएको इलामको उच्च पहाडी क्षेत्र लोपउन्मुख वन्यजन्तु र सयौँ चराचुरुङ्गिको बसोबास रहेको क्षेत्र रहेकाले संरक्षणकर्मीहरुले संरक्षणका काम गर्न सरकारी निकायलाई एक दशक अघिदेखि सुझाव दिँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here