प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

0
124

बिर्तामाेड /  प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।

पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए ।

बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

उनको अन्त्येष्टी शुक्रवार छोरा बिदेशबाट आइपुगेपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले झापाको पत्रकारितामा अपुरणीय क्षति पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here