सगरमाथा तेक्वान्दो डोजाङ काे अध्यक्षमा महेन्द्रकुमारी लिम्बू

0
177

दमक। संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको अध्यक्षतामा नेपाल सगरमाथा तेक्वान्दो दोजाङ दमक पूर्नगठन गरिएको छ । लिम्बू कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।पूर्नगठित कार्यसमितिको उपाध्यक्षमा भीम पौडेल, सचिवमा रोशन दाहाल र कोषाध्यक्षमा कल्पना राई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमितिको सदस्यहरुमा डाक्टर सोफिया थुलुङ, धिरेन सुब्बा, मिरा काफ्ले, मनु कटुवाल, डिल्लीप्रसाद चापागाई रहेका छन् ।बेलायत (युके) मा सैनिक जीवन बिताउँदै तेक्वान्दो खेलका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक स्वर्गीय राष्ट्रकुमार राईको पहलमा सगरमाथा तेक्वान्दो दोजाङ दमकसहित देशको विभिन्न स्थानमा स्थापना भएको हो । ग्राण्डमास्टर स्वर्गीय राईको गतवर्ष हृद्धयघातका कारण निधन भएको थियो ।

सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष र उपाध्यक्षसहित कार्यसमिति सदस्य अनि प्रशिक्षकले राजीनामा दिएपछि कार्यसमितिलाई पुर्नगठन गर्नुपरेको अध्यक्ष लिम्बूले बताईन् । यसैवीच, गत शनिबार, सगरमाथा तेक्वान्दो दोजाङले दमक–४ स्थित एकता एकाडेमीमा खेलाडीहरुको ग्रेडिङ गरिएको छ । दमक–३ ढुकुरपानीस्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र एकता एकाडेमीका ६० जना खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

ग्रेडिङ कार्यक्रममा जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बासहित जिल्ला प्रशिक्षक बिबेक गिरी, मिरा काफ्ले र मनु कटुवाल लगायतको सहभागिता थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here