दमकमा खुल्यो पूर्वकै सुविधा सम्पन्न,डेजी स्किन केयर

0
330

दमक ,१७ साउन । छाला सम्बन्धि सम्पूर्ण समस्याहरुको उपचारका लागी दमकमा डेजी स्किन केयर सञ्चालनमा आएको छ ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीसहितका दश जना युवा व्यवसायीहरुको लगानीमा स्थापना गरिएको छाला सम्बन्धि उपचार केन्द्र आजदेखि विधिवत सञ्चालनमा आएको हो ।दमक- ६ शंखध्वर चौकमा स्थापना गरिएको डेजी स्किन केयरको दमक नगरपालिकाका प्रमुख रामकुमार गरे ।

स्किन केयरको शुभारम्भ गर्दै नगर प्रमुख थापाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भन्ने युवाहरुमा सोच आउनु राम्रो भएको बताउदै उनले अव मानिसले छाला सम्बन्धि जस्तोसुकै स्वास्थ्य सेवा लिन यस स्किन केयरले भरपर्दो सेवा पुरयाँउने विश्वास व्यक्त गरे ।

नगर उप प्रमुख रेगिना भट्टराईले छालाको उपचार पद्धति महंगो रहेको भन्दै यसलाई सबै नागरिकको पहुँचमा रहन सक्ने बनाउन सुझाव दिईन् ।

स्किन केयर शुभारम्भको अवसरमा स्किन केयरका छाला रोग सम्बन्धि विषेशज्ञ डा. अनिल तिम्सिनाले नेपालमा हाल बढ्दो धुवाँ धुलो र वायु प्रदुषणका कारण छाला सम्बन्धि समस्या बढ्दै गएको उल्लेख गरे । समयमै समस्याको पहिचान गरे छाला सम्बन्धिका बिभिन्न रोगबाट बच्न सकिने उनले सुनाए ।
उक्त स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजु खड्का, लायन्स अगुवा बबरजंग थापा लगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

नेपालमै पहिलो पटक बडिल्याब मेसिनबाट उपचार गरिने भन्दै स्किन केयरका अध्यक्ष समेत रहेका अधिकारीले काठमाण्डौ उपत्यका पछि डेजी स्किन केयरमा मात्रै यसको सेवा रहेको जानकारी दिए । प्राकृतिक रुपमा शरीरको वजन घटाउन र शारीरिक फिटनेश राख्न यो मेसिनको प्रयोग हुने उनको भनाई छ ।

आफनो सेवा शुभारम्भका अवसर पारेर संस्थाले केहिदिनका लागि ओपीडि निशुल्क तथा अन्य सेवामा भने ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here