एन.आर.एन.ए लाई सबैको,सधैंको बनाउनु पर्छ : मोतीलाल खरेल

0
634

काठमाडौं / हाल बेलायत बसोबास गर्नुहुने गुल्मी मुसिकोटका मोतीलाल खरेल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवार बन्नुभएको छ ।

२०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको २२ तारीखका दिन हुन लागेको एन.आर.एन.ए. बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवारी दिएको खरेलले जानकारी दिनुभयो ।

सन् २००६ मा बेलायत आएर हाल व्यवसाय गर्दै आउनु भएका खरेलले आफ्नो क्षेत्रमा आपत् बिपदमा परेका हरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

एन.आर.एन.ए गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्नु पर्ने संस्था भए पनि हाल झोला बोकेर खाली पदका लागि मात्र उम्मेद्धार बन्ने भएकोले आफ्नो विजय पछि फरक प्रकृति
बाट सदस्यहरु बनाउने र सदस्य लाई खाली भोटको लागि मात्र प्रयोग गर्ने कुरा लाई हटाएर सदस्यहरुलाई दिने सेवा, विभिन्न विषयमा परामर्श लगायतका कुरा लाई व्यवस्थित गर्ने, नेपाल सरकार संग समन्यन गरेर पाउने सदस्यले पाउने सुविधा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको छ ।

एन.आर.एन.ए. बेलायत स्कटल्याण्ड राज्य समिति परिषद्मा नवीन सोच भएका व्यक्ति हरुको समुह नैं निर्वाचनमा होमिएको छ । सुदृढ र एकताबद्ध एन.आर.एन.ए.का लागि अध्यक्षमा दिवाकर पाण्डेको टीम लाई विजय गराउन सम्पूर्ण बेलायत बसी एन.आर.एन.एका सदस्य हरुमा आग्रह गर्नु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here