महिलालाई आत्मनिर्भर बनाउन नगरपालीकाले  बिभिन्न याेजना ल्याउदै – उप पमुख भट्टराई

0
297

दमक / व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुर झापा र दमक नगरपालीकाको आयोजनामा सञ्चालित ३ महिने केश श्रृंगार तालिमको आज समापन भएको छ ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र समेत उपलब्ध गराईएको थियो । उक्त तालिम सिप विकास तालिम केन्द्र भद्रपुरकी प्रशिक्षक माया गजमेरले दिएकी थिइन् । दमक नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमका वक्ताहरुले शिप सिकेर त्यसलाई ब्यबहारीक कार्यान्यन्वयन गरे मात्रै सिकेको उद्देस्य प्राप्त हुने बताएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि सिप विकास तालिम केन्द्र भद्रपुरकी प्रमुख कृष्णा श्रेष्ठले हातमा शिप भए जहाँ गए पनि कमाई गर्न सकिने भन्दै सिकेको शिपलाई सदुपयोग गर्न आग्रह गरीन् । सहभागीका तर्फ बाट प्रेमकला निरौलाले तालिम अत्यन्तै प्रभावकारी भएको र धेरै कुरा सिक्न पाएको बताइन् ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै दमक नगर उप प्रमुख भट्टराईले श्रृंगारलाई स्वौन्दर्य संग मात्रै जोडेर हेर्न नहुने भन्दै यो स्वास्थ्य संग समेत सम्बन्धित बिषय भएको बताइन् । उनले तालिम सहभागीहरुले व्यवसायीक बने मात्रै नगरपालीकाको उद्देस्य प्राप्त हुने बताइन् । महिलालाई आत्मनिर्भर बनाउन नगरपालीकाले अरु बिभिन्न  योजना ल्याउने भन्दै महिला स्वरोजगार बने मात्रै समाजको समता मुलक बिकाश हुने बताइन् ।

तालिम समापन कार्यक्रममा तालिम केन्द्रका योजना प्रमुख गौतम पौडेल, पाथिभरा प्रोफेसनल एजुकेसन प्रा.लीका डिल्लीराम भट्टराई लगायतले समेत बोलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here