प्रदेश नम्बर १ को नाम ‘किरात सगरमाथा’ राख्न किरात धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव

0
172

दमक । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ले प्रदेश नम्बर १ को नामाकरण ‘किरात सगरमाथा’ राख्नुपर्ने बताएका छन् । यो नामले किराँती र खस आर्य दुवैलाई समेटिने पनि उनको भनाई छ ।

आज दमक पत्रकार मंच दमकमा पत्रकार सम्मेलन गरी आत्मानन्द लिङदेनका निजि प्रवक्ता डिल्लीराम चाम्लिङले गुरुले गरेका प्रदेशको नामाकरण र उपयुक्त हुने आधारको बारेमा जानकारी दिएका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता चाम्लिङले भने, ‘प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्ने भन्ने गुरुको ब्रम्ह्र शब्द हो । ब्रम्ह शब्दले राष्ट्र सबैलाई समेट्ने, सबैको कल्याण हुने, सबैको हित हुने, सबैको धार्मिक आस्थालाई समेट्ने र राष्ट्रको हित हुने हिसाबले पनि उक्त नाम उपयुक्त हुने पनि उनले स्पष्ट पारे ।

उक्त पत्रकार सम्मेलनमा किरात चोत्लुङ मुदीङगुम ओमी माङ्गेना सेवा समिति सदस्य धनराज सम्बाहाम्फे, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य चिरञ्जीवी खालिङ राई, सेवासबा मुजोत्लुङ पाङजुमो केन्द्रिय सदस्य पदम चोङवाङ लगायत को उपथिती रहेको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here