दल, साढगाठ र स्थानीय तह निर्वाचनमा दमक

0
352

✍सुदिप पन्त / दमक नगरपालिका नेपालको सुदुरपूर्वी जिल्ला झापाको पश्चिमी भागमा रहेको सुन्दर सहर हो । तत्कालिन गाउँपञ्चायतलाई नगरपञ्चायतको रुपमा २०३९ सालमा नगरपञ्चायत घोषित यो नगर जिल्लाको पुरानो मध्येको नगरपालिका पनि हो । सहरी विकास, भौतिक पूर्वाधार, मानव विकास, शैक्षिक तथा सामाजिक दृष्टिकोणबाट समृद्धीको चरणमा प्रवेश गरेको यो सहर देशकै नमूना र आधुनिक सहर बन्ने क्रममा रहेको छ ।

एक लाखको हामारीमा जनसंख्या रहेको यो नगरपालिकामा आसन्न स्थानीय नर्विाचनको तयारीमा रहेका दलहरु उम्मेदवार छान्ने सकसमा छन् ।सिङो राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने यो नगरपालिकाको चुनावलाई सबै दलहरुले आफ्नो आफ्नो बलबुता लगाएर उपस्थिती जनाउने कोशीसमा छन ।

एमाले – प्रजातन्त्र प्राप्ती पछी हाल सम्म दमक नगरपालिकामा एकाधिकार नै जमाएको पार्टी हो एमाले । एमालेबाहेक चुनाबी प्रकृयाबाट मेयर उपमेयर अहिले सम्म अरु कुनै पार्टीले जित्न सकेको छैनन । पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको आफ्नो मुख्य गड पनि यही भएकोले अरु कुनै पार्टीसँग गठबन्धन गरे पनि मेयर पदमा भने सम्झौता गर्दैन  । एमालेले मेयर अर्को कुनै पार्टीलाई दिनु भनेको समग्र एमाले मात्र नभएर ओली आँफै पनि आफ्नो क्षेत्रमा कमजोर रहेछन भन्ने सन्देश जाने भएकोले त्यो रिस्क उनिहरुले लिन चाहन्नन ।
रा.प्र.पा सँग गठबन्धन भएमा उपमेयर र केही वडाहरु दिन सक्ने स्थिती छ । अरु मुख्य पार्टीहरु सँग गठबन्धन हुने स्थिती छैन । मुख्य उम्मेदवारहरु मेयरमा गीता अधिकारि अम्बिका खनाल ,होम थापा र ईन्द्र भण्डारी रहेका छन । पार्टी राजनितीमा खनाल ,थापा अगाडि र भण्डारीको केन्द्रमा संपर्क सम्बन्ध राम्रो रहे पनि लोकप्रिय र चुनाव जित्ने उम्मेदवारको रुपमा गीता अधिकारिको नामनै अगाडि आउछ ।
काङ्रेस – दमकमा काङ्रेसमा आस्थावन मतदाताहरु धेरै छन । तर सङठन कमजोर भएको कारण मेयर पदमा अरु पार्टीको उम्मेदवारहरुलाई भोट हालिदिने गरेको कारण जहिले पनि तेश्रो चौथो स्थानमा पुग्छ । बिगत देखी केलाउदा रा.प्र.पा र माओवादीहरुलाई पनि राम्रो सँग थाहा छ नेपाली काङ्रेस एमाले पछीको बलियो शक्ती हो । गत निर्बाचनमा काङ्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी रेगिना भट्टराईको मतलाई उदाहरण लिदा पनि हुन्छ । यदी घात अन्तर्घात नहुने हो र सङठित काङ्रेसीहरुले प्रतिबद्द भएर मत हाल्ने हो भने काङ्रेस एक्लै दोश्रो शक्तीनै हो ।
सुरेश सुब्बा ,शेर ब भट्टराई ,प्रकाश प्रसाईं ,रोशन गौतम , रेगिना भट्टराई ,पर्शुराम रिजाल ,देबी दाहाल , भूमिकाराज राई ,रोशन बिष्ट लगायतनै देखिएका अनुहारहरु हुन । काङ्रेस अहिले गठबन्धनभित्रको प्रमुख शक्ती भएको कारण र गठबन्धनका अरु दलहरु सहित् चुनावमा उम्मेदवार दिनुपर्ने बाध्यताले कस्ले मेयर उपमेयर लिने दिने भन्ने कुराको टुङो अली पछी होला । एमाले टुक्रिएको कारण र गठबन्धन पार्टीहरु सरकारमा भएकाले पनि सबै एक जुट हुँदा दमक नगरपालिकामा आफुहरुको जित हुने कुराहरुमा उनिहरु पनि ढुक्क देखिन्छन् ।
रा.प्र.पा -नगर पालिकाको चुनावमा प्राप्त मतलाई आधार मान्दा दोश्रो शक्तीको रुपमा देखिने रा.प्र.पा दमक नगरपालिकामा पार्टी भन्दा पनि त्यो पार्टीको नेता राम थापा प्रभावशाली देखिदै आएका छन ,उनले मनोनित मेयर भएर पनि जिम्मेवारि सम्हालेका थिए । ।लामो समय देखी राजनीति गर्दै आएका उनीलाई दमकेलीहरुले पार्टी लाइन भन्दा माथि उठेर भोट हालिदिने गरेका कारण रा.प्र.पा दोश्रो शक्ति नै हो कि जस्तो पनि लाग्छ ।रा.प्र.पा र काङ्रेसको मात्र गठबन्धनबाट पनि नगरपालिकामा एमाले निश्चितरुपले पराजित हुन्थ्यो तर स्थिति त्यस्तो छैन ।
केन्दिय गठबन्धनले स्थानिय निकायहरुमा अन्य पार्टीसँग गठबन्धन नगर्ने निर्णय लिएको हुँदा रा.प्र.पा काङ्रेसको गठबन्धन हुने कुरा लगभग सुन्य अवस्थामा छ । यदी एमाले र रा।प्र।पाको गठबन्धन हुने हो भने स्थिती ठ्याकै काङ्रेस रा।प्र।पाको जस्तै हुनेछ । अधिकाँश पदमा यि दुई गठबन्धनले जित्ने सम्भावना छ । एमालेले मेयरमा राम थापालाई दिने स्थिती छैन राम थापाले उपमेयर स्विकार गर्ने स्थिती छैन । एउटा कुरा हुनसक्छ । यदी राम थापाले आगामी दिनमा प्रदेश वा केन्द्रमा जाने इच्छा ब्यक्त गरे र एमालेले त्यो कुरा मा उनलाई पछी जिताउने सम्झौता गरेर भिम पौडेललाई उपमेयर बनाएर एमालेसँग गठबन्धन गरे काङ्रेस ,माओवादी एसमाजबादीलाई फलामको चिउरा साबित हुनसक्छ ।
माओवादी – हिजो नेकपाको रुपमा एमाले माओवादी एक भए पनि दमकको हकमा कहिले पनि भित्र मनबाट एकै भएका थिएनन । झलक्क हेर्दा माओवादीको मत सभ्रान्त बर्गमा न्युन देखिए जस्तो भए पनि स्थानिय गरीब निमुखा र निम्न आय स्तर भएका मतदाताहरुमा राम्रो पकड छ । एक्लै चुनावमा जादा स्थिती बलियो नभए पनि गठबन्धनबाट चुनावमा होमिदा माओवादी पार्टीले उलटफेर गर्न सक्छ । गगन पुरी ,दुर्गा चौलागाईं ,शंकर बस्नेत ,बिरेन्द्र बस्नेत ,बेदु गौतमहरु माओवादीबाट देखिएका अनुहारहरु हुन ।
एकीकृत समाजबादी – एमालेबाट टुक्रिएर बनेको अर्को पार्टीको दमकमा केही प्रभाव पार्ने ब्यक्तीहरु पनि छन । पूर्व मेयर ईन्द्र बुढाथोकी ,मणी भण्डारी लगायतका नेताहरुले मेयर उपमेयरहरुमा आफ्नो दावी नगरे पनि वडाहरुमा आफ्नो पार्टीको हिस्सा पक्का खोज्ने छन । एमालेलाई जित्ने अवस्था नभए पनि चुनावमा मतहरु काटिने र कमजोर बनाउने कुरामा शंका छैन ।
जे भए पनि लामो समय देखी दमक नगरपालिकामा आफ्नो पकड जमाउदै आएको एमालेलाई भने यो चोटि त्यती सहज र सरल छैन । त्यस्तै नगरपालिकामा गत चुनावमा नराम्रोसँग पराजित काङ्रेस चाँही गठबन्धनको सहराबाट लाल किल्ला भत्काउने उदेश्यमा केन्द्रित छ ।
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here