कोरोना संक्रमित बड्दै, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

0
196

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २ लाख ४३ हजार ४ सय ६० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालका २७ जना संक्रमित भइसकेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here