Saturday, July 27, 2024
Home Blog Page 3

माघ २८ गतेदेखि फागुन १२ गते सम्म पाँचौ दमक महोत्सव हुने

दमक/ दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।

संघले दमकमा बुधबार पत्रकार सम्मेलन गरि महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाएको छ । संघका अध्यक्ष गोपाल गुरागाईंले महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने जानकारी दिए । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

संघले विगतमा २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सवयता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् । तर, पछिल्ला समय परिस्थति अनुकुल बन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताए । महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक भएको भन्दै अध्यक्ष गुरागाईले भने–‘स्थानीय उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा हामी विश्वस्त छौ ।’

महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एकदर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।

यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।

महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल, व्यानार राखिएको र मिडियामार्फतपनि प्रचारलाई तिब्र बनाइएको उनले बताए ।

संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति, उमेश गजमेरको संयोजकत्वमा स्वम्सेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको उनले बताए ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उल्लेख छ ।

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महोत्सवको सन्दर्भमा आफनो भनाई राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापामा सौर्य उर्जा बिद्युत उत्पादन, अध्यक्ष ओलीले उदघाटन गर्ने

शिवसताक्षी । झापाको शिवसताक्षीमा सौर्य उर्जाबाट बिद्युत उत्पादन गर्ने परियोजना उदघाटन यहि माघ २३ गते हुने भएको छ ।

वडा नम्बर ४ बोलोचोक नजिकै निजी क्षेत्रको लगानीमा निर्माण गरिएको १० मेगावट क्षमताको सो सोलार पावर परियोजना यहि माघ २३ गते उदघाटन गर्ने तयारी गरिएको हो । सो परियोजनाको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

झापाको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवाले यहाँको २६ बिगाहा क्षेत्रफलमा सञ्चालित यो परियोजनाले मुलुकलाई बिद्युतमा आत्मनिर्भर बनाउन टेवा पुर्याउने बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक बनाउने अभियान अन्तर्गत उनकै गृह जिल्ला झापामा यो परियोजना शुरु गरिएको परियोजना सञ्चालन गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्ष समेत रहेका सांसद साँवा बताउँछन ।

परियोजनास्थलमा उदघाट नका लागि धमाधम पूर्व तयारी भइरहेको छ । यहाँको उत्पादनको गत साता मात्रै फाइनल टेष्टीङ्ग प्रक्रिया सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडि सकिएको छ ।

सो परियोजनाबाट १५ दिनको परिक्षणकालिन उत्पादन पश्चात निरन्तर बिद्युत उत्पादन भइरहेको छ । सौर्य उर्जाको दृश्यावलोकनसँगै सो ठाउँको करिब तीन विगाहा क्षेत्रफलमा आकर्षक फुलको बगैंचा निर्माण गरिनेछ ।

विभिन्न प्रजातिका फुलहरुको व्यवसायिक खेती गरिने पनि झापा इनर्जीले जनाएको छ । यहाँ फुलका विरुवा उत्पादन गरि व्यवसायिकतामा जोडनका लागि नर्सरी समेत सञ्चालनमा आउने भएकाले उर्जा पर्यटनको बिकाससँग पनि जोडन सकिने सांसद साँवाको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

धरमपुर साकोस द्वारा बिपन्न बिद्यार्थीलाई स्वीटर बितरण

शिवसताक्षी/ झापाको शिवसताक्षी १मा रहेको धरमपुर साकोसले आज ९० जना सामुदायिक  बिध्यालयका बिपन्न बिद्यार्थीहरुलाइ न्यानो स्वीटर बितरण गरेको छ ।

साबिक धरमपुर गाबिस हाल शिवसताक्षी नपा २र ३ मा रहेको आधारभुत तहको ३वटा सामुदायिक बिध्यलयका बिपन्न बिध्यार्थीहरुलाइ ३०/३० जनालाई न्यानो स्वीटर बितरण गरेको सस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिए ।उनका अनुसार सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै जाडोमा न्यानो स्वीटर बितरण गरिएको हो ।

सामुदायिक बिद्यालयमा बिपन्न परिवारका छोरा छोरीहरु अध्यापन गर्ने भएकोले जाडो मौसममा थोरै भएपनि राहात होस भनेर स्वीटर बितरण गरेको सस्थाका अध्यक्ष कुमर शंकरले बताए । स्वीटर बितरण गरिएका बिध्यलयहरु क्रमश: हिमालय आ बी., पाथिभरा आ.बी.र शान्ती आधारभुत बिध्यलय रहेका छ्न । नगरको दक्षिण पस्चिम भेल्ट्मा रहेका यि ३वटै बिध्यलयमा सस्थाका पदाधिकारी ,कर्मचारी साथै बिध्यलय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक प्रतिनिधिहरुको रोहबरमा स्वीटर बितरण गरिएको बताइएको छ । सस्थाले अघिल्लो बर्ष पनि साबिक धरमपुर गाबिसका ३वटै मा बि बिध्यलयका ९० जना बिपन्न बिध्यर्थीहरुलाइ स्वीटर बितरण गरेको थियो ।

शिवसताक्षी १स्थित धरमपुर बजारमा मुख्य कार्यलय रहेको धरमपुर बचत तथा ऋण सहकारी सस्थाको शिवसताक्षी २ स्थित मङ्ग्लबारेमा सेवा केन्द्र रहेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

शिवसताक्षीमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु

शिवसताक्षी / झापा इनर्जीले मङ्गलबारबाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ ।

शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायणप्रसाद पोखरेलले बताएका छ्न ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट इन्जिनियर सीताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका इन्जिनियर हरि तिवारी, परियोजनाका कन्ट्याक्टर कुवेरमणि नेपाल, इन्जिनियर अभिषेक पराजुलीको उपस्थितिमा सबस्टेसनमा जडान गरिएको हो ।

१५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहनेछ । परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निःशुल्क प्रदान गर्नुपर्ने र त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।

८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ बिघा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको भट्टराईले बताए । उनका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ ।

दुधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जीले उत्पादन गरेको ऊर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

नेपालबाहिर सौर्य ऊर्जाको ठुला परियोजना सञ्चालनको अध्ययनपछि अगुवाई गर्नेहरुले झापा इनर्जीको परिकल्पना गरेका थिए । प्रतिनिधिसभा सदस्य एलपी साँवाको अगुवाइमा जिल्लामा सौर्य ऊर्जाको परिकल्पना गरिएको थियो । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित परियोजनाले ठुलो योगदान पुर्याउने बताएका छन् ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दस मेगावाट रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सताक्षीधामको झरना जाने बाटोमा बन्याे फलामे भर्याङ्ग

शिवसताक्षी/ पुर्वकै प्रशिद्द धार्मिक तथा पर्यट्किय तिर्थ स्थल सताक्षीधाम नजिकै रहेको झरना जाने बाटोमा स्थाइ फलामे भर्याङ्ग निर्माण गरि आज उद्घाटन गरिएको छ ।

स्थानीय सन्चारकर्मी डाइमण्ड कार्कीको पहलमा निर्माण गरिएको फलामे भर्याङ्गको शुक्रबार शिवसताक्षीका नगर प्रमुख मेघाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले सङ्युक्त रिबन कटेर उद्घाटन गरे । २० फुट उचाइ र ४ फुट चौडाइ रहेको भर्याङ्गको तौल ५ सय किलो रहेको निर्माणकर्ता डाइमण्ड कार्कीले बताए ।उनका अनुसार भर्याङ्ग निर्माण गर्न १लाख ४०हजार रुपैय खर्च भएको जानकारी दिए । जसमा २८हजार कोरियामा कार्यरत नरेश नेपाल र मङलसिह योङ्गहाङको पहलमा प्राप्त भएको छ भने गोपाल गौरी दिगो बिकास प्रतिस्ठान २ हजार ५ सय ,स्थानिय समजसेवी खनीमाय श्रेष्ठबाट ११ सय र नगरका स्वस्थ्य शाखा कर्मचारी दिनेस पौडेल ५ सय गरि जम्मा ३२हजार १सय मात्र सहयोग प्रप्त भएको कार्कीले बताए ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख मेघाहाङ्ग थोप्राले भर्याङ्ग निर्माणकर्ताको प्रसङ्गशा गर्दै नगरले गर्नु पर्ने काम ब्यक्तिको पहलमा निर्माण भएकोले अपुग रकम नगरको तर्फ बाट थप आर्थिक सहयोग गर्ने जानकारी गराए । पुर्वकै प्रशिद्द धार्मिक तिर्थ सथल सताक्षीधामको दर्शन गर्न आउने दर्शानर्थी भक्तालु जन हरुलाइ लक्षित गरि निर्माण गरिएको भर्याङ्गले सबैलाइ झरना सम्म जानको लागि सहज हुने बताए । उनले आवत जावत गर्नको लागि गोरेटो सड्कलाइ समेत प्राथामिकतामा राखि काम अघि बडाइने मेयर तोप्राले बताए ।

सो अवसरमा ११नम्बरका वडा अध्यक्ष बहदुर आङ्गबो उपमेयर नरमाया कार्कीले नगरको समुनत बिकासमा यस्ता बिकासे गतिबिधिले ठुलो भुमिका खेल्ने बताउदै यस्त सामजिक कार्यमा नगरले हातम हात साथमा साथ मिलाएर सहयोग गर्ने बतए । उद्घाटन कार्यक्रममा ११ नाम्बर वाडा सदस्य हरु एलिना राइ,७ नम्बर वडा सदस्य पुजा नेपाली ,कार्यपालीका सदस्य तुलसा बिमली लगायत नगरका कर्मचारीहरु र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

बालाचतुर्दर्शी मेलालाइ लक्षित गरेर निर्माण शुरु गरिएको भए पनि प्राविधिक करणले सुक्रबार मात्र उद्घाटन गरिएको हो ।
सताक्षीधाम देखि करिब २किमि पैदल यात्र गरे पछि पुगिने चुरे पहाड्को फेदिमा रहेको झर्ना हेर्न दैनिक सयौको संख्यामा आतरिक तथा बाहिय पर्यटक हरुको भिड लाग्ने गर्दछ । हाल अस्थायी काठको फट्के बनाएर झर्ना सम्म जने गरिन्थियो भने अबो फलामको पुल बाट जानको लागि सहज भएको छ । यस्को सबैले सम्रक्षण गर्न आवस्यक रहेको सरो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

शिवसताक्षीमा चासोक तङनाम धुमधामले मनाइने

शिवसताक्षी/ मिलन सास्कृतिक परिवारको आयोजनामा वर्षेनि मनाइदै आइरहेको चासोक तङनाम यसपटक पनि धुमधामले मनाइने भएको छ ।

आयोजक मिलन सास्कृतिक परिवारले मङ्गलबारेमा आज पत्रकार सम्मेलन गिरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । चासोक तङ्नाम शिवसताक्षी ७ स्थित मिलन चोक नजिकै यहि १४ गते सनिबार मनाउन लागेको हो । यस बर्षको चासोक तङ्नाममा हरेक नेपालीको ढुक ढुकी प्रथम नेपाली तारा दिपक लिम्बु र मुन्दुमी गायिका गङ्गा फ्याकको बेजोड साङ्गितिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष राज खजुमले जानकारी दिएका छ्न । उनका अनुसर १४ गते बिहान ८ बजे चासोक पुजा तथ प्रसाद बितरण हुने , छेलो हान्ने धनु हान्ने र डोरी तान्ने मौलिक खेल समेत खेलाइने र सम्मान तथा पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष खजुमले बताए ।

त्यस्तै कार्यक्रम सम्पन्न गर्नको लागि ५ लाख रुपैया खर्च हुने र उक्त रकम बिभिन्न संघ- सस्था , देश बिदेशमा रहेका सहयोगि मन भएका दाताहरु बाट सङ्कलन गरिने आर्थिक सम्योजक अम्बरसिह आङ्देम्बेले बताए । प्रकृतिपूजक किरात लिम्बूहरुले वर्षेनी मनाउने गरेको चासोक तङ्नाम अर्थात् नुवागी पूजा नेपालीहरुको आँगनमा आइपुगेको छ । शदियौँदेखि किरात सभ्यता अन्तर्गत प्रकृतिपूजकहरुले घरभित्रै मान्दै आएको चासोक तङनाम पछिल्लो समयमा पहिचानको चेतना आएपछि मौलिक चाड पर्वहरुलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ सार्वजनिक स्थलमै धुमधामले मनाउन थालिएको कार्यक्रम संयोजक नबिन इजमको भनाइ छ ।

उनका अनुसार विभिन्न राजनीतिक घट्नाक्रम र ऐतिहासिक कालखण्डमा शासकहरुले निमिट्यान्न पार्न लागेको किरात समुदायको मौलिक संस्कृति अहिले विश्वभरी मनाउने गरिएको छ । जहाँ जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ बडो महत्वका साथ मुन्धुमी संस्कार अनुसार चासोक तङनाम मनाउने चलन चलिआएको छ । किरात समुदायमा अन्न बाली पाकेपछि प्रकृति देवलाई चढाएर खाने प्रचलन छ । जस अनुसार किरात राई, लिम्बू, सुनुवार, धिमाल, याक्खाहरुले आफ्नो संस्कृति अनुसार अन्नबाली चढाउछन् र उक्त दिन महोत्सवको रुपमा आदिम कालदेखि खाई आएको मौलिक परिकार तरुल, सिलाम तथा भटमासको फुदो, गुन्द्रुक, सेल रोटी, याङवेन (झ्याउ), विभिन्न परिकारका फलफूलहरु खाने गरिएको छ ।

पूर्व लिम्बुवान खम्बुवानको आफ्नो थात्थलोहरुमा चिसो जाडोका कारण माछाहरु दक्षिणतर्फ कुर सर्ने भएकाले त्यही मौसमको आधार मानेर उधौली पर्व अन्तरगत चासोक तङ्नाम लिम्बू समूदायले मनाउने गरेका छन् भने किरात राईहरुले साकेला उधौलीका रुपमा मनाउने प्रचलन चलिआएको छ । किरात सभ्यता प्राकृतिक सभ्यता भएकाले यो याममा चराहरु, माछाहरु दक्षिणतर्फ लाग्छन् । अन्नबाली भित्र्याउने मौसमको रुपमा लिइन्छ, पैयूँ फुलेको याममा जुन समय चराहरु, खोलाका माछाहरु दक्षिणतर्फ लाग्छन र अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चढाएर सुख, समृद्धिको कामना गर्दै उधौली चाड मनाइन्छ । किरात समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गरेका छन् । यो प्रकृतिपूजकहरुको एउटा मुन्धुमी सँस्कृति हो । चासोक तङनाममा नेपाल सरकारले सार्वजानिक बिदा समेत दिने गरेको छ भने यसलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । नेपाल भित्र रहेका विभिन्न समुदायको चाडपर्वहरुलाई देशले मान्यता प्रदान गर्नु भनेको सबैले देश हुनुको प्रत्याभूत गर्नु हो । देश बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक एकतामा अनेकता भएकैले पनि यो देशका निधीलाई समान रुपले र्हेनु देशको कर्तव्य हो । चासोक मय रहेको शिवसताक्षीमा कार्यक्रमको उद्घाटन नगरप्रमुख मेघाहाङ्ग थोप्राले गर्ने आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ,  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर रू छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रू २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ ।

सोनापुर मिनरल्स रू २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल रू १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट रू १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट रू १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, हिमालयन पावर पाटनर्स सात दशमलव ८६, डोल्टी पावर कम्पनी छ दशमलव ५७, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ३९, मोदी इनर्जी चार दशमलव ६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ

काठमाडौँ,  लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौँको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अलैंचीको मूल्य बढ्यो

सङ्खुवासभा, सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो ।

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उहाँको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ ।

नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि

काठमाडौँ, : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ ।

सबै समूहका उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ । आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्