सामाजिक काममा अगाडी बढ्दै इस्टर्न लायन्स डिजी सर्भिस सप्ताहकाे छैटाै दिन सरसफाइ कार्यक्रम

0
552

दमक / लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले  सरसफाइ कार्यक्रम  सम्पन्न गरेकाे छ ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताह काे छैटाै कार्यक्रम अन्तरर्गत दमक ५ मा रहेकाे धनेश्वर मन्दिर परीसरकाे सरसफाइ गरिएकाे छ ।  समाजमा आफ्नाे फरक पहिचान बनाउदै  गरेकाे  लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले  धार्मिक स्थलमा लाइ   स्वच्छ र हराभरा राख्नन लाइ मन्दिर सफाइ गरीएकाे लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका उपाध्यक्ष युवराज खत्रिले जानकारी दिए । सरसफाइ कार्यक्रममा  क्लबका पधादीकारी  सदस्य लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आइतबार बाट सुरूभएकाे साप्ताहिक कार्यक्रम डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमकका चालिस जना बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम गरीएकाे थियाे भने दाेस्राे साेमबार दमक चाैकमा रक्तदानकाे कार्यक्रम गरीएकाे थियाे त्यसै गरी मंगलबार अपाङ्ग दिवसकाे अवसरमा निशुल्क पिउने पानि बितरण गरीएकाे थियाे । चाैथाे दिन कमल गाउपालिका ६ स्थित नुतन एग्राे इण्ड्रटिजका ६७ जना मजदुरहरूकाे निशुल्क मधुमेह परिक्षण शिबिर सम्पन्न गर्नुका साथै  पाचाै दिन दमक २ मा रहकाे हाम्राे बाल आश्रममा रहेमा ७ जना बाल बालिका हरूलाइ करिब १५ हजार मुल्य बराबर काे न्यानाे कपडा  निशुल्क बितरण गरेकाे थियाे ।

अन्य कार्यक्रमहरूमा सप्ताहकाे अन्तिम कार्यक्रम अन्तरगर्त डिसेम्बर ७ मा  दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका बृद्वहरूलाइ खाना खुवाइ दिउसाे लियो क्लब र लायन्स क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रीपुर्ण फुटसल खेली डिजी सर्भिस सप्ताह २०१९ काे समापन गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लायन्स का अध्यक्ष तुलसीराम तिम्सिनाले जनाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here