झापा । झापा दमक वडा नं ९ का सुदिप गौतम अहिले आफ्नै गोठमा घास परालमा ब्यस्त छन् ।
एक दशक युरोप बसाइमा राम्रोकाम र राम्रो पैसाकमाउदै गरेका उनी पछिल्लो समयमा देशमा केही भएन, भनेर चाहे उच्च शिक्षा हासिल गर्न होस् या रोजगारीको सिलसिलमा होस् बिदेशिने को सङ्ख्या दिनानु दिन बढ्दो छ ।
तर आफ्नै देशमा गरे जे पनि हुन्छ, भन्ने कुराको उदाहरण बनेका छन् दमकका यी युवा । सात वर्ष अघि दुइ माउ गाई बाट पाथिभरा गाई फर्म खोलेर सुरु गरेका सुदिप अहिले ९० भन्दा बढी गाईका मालिक भएका छन् । अहिले महिनामा लाखौ कमाउने उनले बिदेशमा देखेका र सुनेका कुरालाइ देशमै प्रयोग गरी रहेका छन् ।
नयाँ नयाँ उपकरण को प्रयोग देखि गोबर सोहोर्ने, गोठ सफा गर्ने, घाँस काट्ने, कुटी काट्ने दाना बनाउने सबैमा पोख्त उनि भबिष्यमा उन्नत जातका गाई उत्पादन गरी बिक्री गर्ने पनि सोचमा छन् । उनको फर्ममा अहिले ७ जनाले पाइरहेका छन् । उनी भन्छन् ‘पशुपालनमा प्रविधि र आधुनिकीकरण आवश्यक छ ।