काे हुन् यी नेपाली बैज्ञानिक ? जाे अमेरीकामा औषधी आविश्कार गर्दै छन् ।

0
336

दमक(झापा) / ज्येष्ठ नागरिकहरू मा बढ्दै गएको बिर्सने रोग अल्जाईमर्स विश्व व्यापी चुनौती बनेको छ । जीवनको लामो समय बिभिन्न क्षेत्रमा योगदान पुर्याएका बृद्धबृद्धाह? उमेर ढल्कदै गए पछि बिर्सने समस्याबाट ग्रस्त हुने गरेका छन् । यसबाट बृद्धबृद्धानै समस्यामा पर्नु पर्ने एकातिर छ भने, उनीह?मा रहेको अनुभव र क्षमता पनि नयाँ पुस्तामा हस्तान्तरीत हुन सकेको छैन । कतिपय औषधीह? बने पनि तिनले गर्ने नकारात्मक प्रभाव (साईड ईफेक्ट) का कारण अ? समस्या निम्तिने गरेका छन् । यो विश्वव्यापी चुनौतीको सामना गर्न अमेरीकामा बृहत अनुसन्धान भई रहेको छ । यसमा अमेरीका, जर्मनी, स्विटजरल्याण्ड, चीन र फ्रान्सका बैज्ञानिकह? सन् २०१९ देखि जुटेका छन् । तर अल्जाईमर्स बि?द्धका नयाँ र प्रभावकारी औषधी आविश्कार गर्ने यो खोजको नेतृत्व गरि रहेका छन्, झापा दमक स्थाई घर भएका नेपाली युवा वैज्ञानिक डा. बिष्णु रायमाझीले ।
पोष्ट डक्टरल पछि अनुसन्धान
२०५६ देखि २०६६ सम्म ठिक एक दशक उनले झापाको दमक स्थित दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरे । उनी विज्ञान संकायबाट सहायक क्याम्पस प्रमुख समेत थिए भने जागिर स्थाई थियो । २०५५ सालमा त्रिभूवन विश्व विद्यालयबाट जैवीक रसायनशाष्त्रमा स्नात्तकोत्तर गरेका उनलाई उच्च शिक्षा अध्ययनको तलतल मेटिएन । त्यसैले सुचना प्रविधिको उपयोग गरि अमेरीकाका लागि अवसरको खोजी गरे । जव उनी सन् २००९ मा अमेरीका पुगे, एलिनोई राज्यको वेष्टर्न एलिनोई युनिभर्सीटीबाट २ वर्ष लगाए एमएस तहको अध्ययन् पूरा गरे । त्यस पछि सन् २०११ देखि २०१६ सम्ममा ओहायोको द ओहायो स्टेस युनिभर्सीटीबाट विद्यावारिधी गरे, जैविक रसायनमानै । विद्यावारिधी पछि समेत अनुसन्धानात्मक अध्ययन–पोष्ट डक्टरल २०१७ र ०१८ मा गरे । नेपालबाट अवसरलाई पछ्याउँदै अमेरीका पुगेको ९ वर्षमा नामको अघि उनी डाक्टर उपाधी थप्ने हैसियमा मात्र पुगेनन्, उनलाई बिभिन्न अवसरले पछ्याउन पनि थालिहाले । त्यस पछि उनी सन् २०१८ को डिसेम्बरमा फ्लोलिडाको आर्चर फर्मास्युटीकल्समा अनुसन्धान बैज्ञानिकको ?पमा जोडिन पुगे । २०१९ बाट शु? भएको अनुसन्धान २०२२ मा सक्ने लक्ष्य सहित उनी सहितको बैज्ञानिक टीम अहिले जुटि रहेको छ ।
कस्तो हो अनुसन्धान ?
उनको समुहमा अमेरीका, जर्मनी, स्विटजरल्याण्ड, चीन र फ्रान्सका बैज्ञानिकह? छन् । उनी अनुसन्धानकै क्रममा बढुवा भएर ‘सिनियर साईन्टिष्ट’ भएका छन् । यो समुहले ३ वर्ष लगाएर एउटा औषधी आविश्कार गर्दैछ, जुन औषधी अज्लाईमर तथा पार्किन्सनका लागि नयाँ बरदान हुने विश्वास छ । ‘अहिले प्रयोग भई रहेका औषधीह?ले मस्तिस्क सुनिने समस्या देखिई रहेको छ’ आफ्नो आविश्कार अनुसन्धानको लक्ष्यबारे उनले भने–‘हाम्रो आविश्कारले चाँहि मस्तिष्कलाई सुनिन दिने र कुनै अ? नकारात्मक असर पनि नदेखिने विश्वासा छ ।’ उनीह?ले आविश्कार गरेको औषधी हाल आयरल्याण्डमा ‘क्लिनिकल ट्रायल’ का लागि पुगेको उनले जनाए । सन् २०२२ भित्रमा यो औषधीको व्यवसायीक उत्पादन शु? गर्ने लक्ष्य छ । यो औषधीले अज्लाईमर तथा पार्किन्सनका बिरामीलाई हाल प्रचलित औषधीको भन्दा कयौंगुणा बढि लाभ दिने उनी बताउँछन् ।
नेपालमा सम्भावना छ ?
यो औषधी आविश्कार गर्दा ३ वर्षमा नेपाली १ अर्व ?पैयाँ हाराहारीमा खर्च हुने अनुमान छ । हाल नेपालमा पनि कतिपय औषधी उद्योगह? छन् । उनीह?ले यस अघि आविश्कार भएका शुत्रका आधारमा औषधीह? उत्पादन गर्दै आएका छन् । यदि नेपालमानै नेपाली बैज्ञानिकह?ले यो तहको अनुसन्धान गरि औषधी उत्पादन गर्ने हो भने विश्वव्यापी ?पमा नेपालको खोज र अनुसन्धानको स्तर अ?देशका लागि सिक्न योग्य हुने उनको धारणा छ । उनलाई पनि आफ्नै देशमा आएर खोज अनुसन्धान गर्ने ईच्छा छ । तर अहिले जारी अनुसन्धान पूरा भए पछि मात्र यस बारे योजना बनाउने उनले जनाए । ‘यो क्षेत्रमा मात्र होईन, अ? क्षेत्रमा विज्ञता हाँसिल गरेका कयौं नेपाली बैज्ञानिक अ? देशमा छन्, उनीह?लाई आफ्नै देशमा खोज अनुसन्धान गर्ने वातावरण बनाउने हो भने धेरै नेपाल फर्किन चाहि रहेका छन्’ अमेरीकी बसाई कतिन्जेल रहन्छ भन्ने प्रश्नमा उनले थपे–‘म पनि सधैं अमेरीका बस्न गएको होईन, हामी जस्ता वैज्ञानिक अमेरीकामा कति छन् कति, हाम्रो कुनै पहिचान छैन । सवै कुरा पैसा होईन, केहि वर्ष पछि नेपालमै रहेर खोज अनुसन्धान गर्ने योजना छ ।’ नयाँ खोज र आविश्कारका लागि चाहिने लागत शु?मा हेर्दा ठुलो देखिए पनि यसबाट देश र सिंगो संसारले लिने फाईदा भने कयौ गुना ठुला हुने उनी बताउँछन् । त्यसैले नेपालमानै विश्व स्तरीय अनुसन्धान सम्भव छैन भन्ने तर्कसँग उनको बिमती छ । नीति हुने हो भने लगानी पनि जुट्न सक्नेमा उनी विश्वस्त छन् ।
सामुदायीक शिक्षालयबाटै अमेरीका सम्म
२०३३ सालमा तत्कालिन दमक–१९ जन्मिएका उनले प्रारम्भिक शिक्षा स्थानीय सिंहदेवी माविबाट गरे । तर कक्षा–९ मा बिषय रोज्नु पथ्र्याे । उनको चाहना ऐच्छिक गणीत । तर सो बिषय त्यस विद्यालयमा नभए पछि सु?ङ्गा स्थित मावलमा बसेर कन्काई मावि पढे । त्यहिँबाट २०४६ मा एसएलसी पास गरे । त्यस पछि महेन्द्र मोरङ् क्याम्पस बिराटनगरबाट २०४९ मा आई एस्सी र २०५२ मा बी एस्सी पूरा गरे । त्यस पछिको यात्रा उनको त्रिभूवन विश्वविद्यालय, किर्तिपुर बन्यो । सामान्य किसान परिवारका उनलाई सामुदायी विद्यालय, सरकारी क्याम्पस हुँदै स्नात्तकोत्तर सकिँरहँदा काँहि पनि ठेस लागेन । ‘मैले सानै देखि सरकारी स्कुल र क्याम्पसनै पढेको हुँ, मेहनत गरियो भने नतिजा ल्याउन हाम्रो शिक्षा कमजोर छैन भन्ने मलाई लाग्छ’ आफ्नो सफलताको समिक्षा गर्दै उनले थपे–‘कलेज लेवलको शिक्षाको कुरा गर्ने हो भने पनि अमेरीकामा हाम्रो भन्दा कयौं गुणा महङ्गो छ, तर हामीले साह्रै सस्तोमा शिक्षा लिन पाई रहेका छौं ।’ अमेरीका गएर पीएडी गर्ने सपना देखे पछि ईमेल, ईन्टरनेटकै माध्यमबाट आवेदन गरेको र पूर्णतया छात्रवृतीमा आफुले अध्ययन् गरेको उनले सुनाए । अध्ययन्कै क्रममा केहि समय अमेरीकामा उनले प्राध्यापन पनि गरे । ‘म अमेरीका उड्दा मैले प्लेन टीकट बाहेक अ? केहि खर्च गरिन’ उनले भने–‘त्यहाँ पुगेर पनि ब? पढाउन पनि पाईयो, थप आर्जननै गरियो । तर अहिले ८÷१० लाख ?पैयाँ कमाई गरेर अमेरीकामानै रहने मेरो कुनै सपना छैन, म केहि समय पछि नेपाल फर्किन्छु, फर्किन्छु ।’
विज्ञताको क्षेत्र के ?
औद्योगीकरणको विकाससँगै वातावरण, पर्यावरण, पारिस्थितीक पद्धती तथा मानव स्वास्थ्यमा समेत बिभिन्न प्रभाव देखिन्छन् । उद्योगह?बाट हुने धुँवा, धुलोका कारण पानी, माटो, वायु प्रदुषित हुने र यसबाट मानिस र अन्य बिभिन्न जीवजन्तुले समेत बिभिन्न समस्या खेप्नु पर्छ । तर यहि समस्याका कसरी समाधान गर्ने भन्ने बिषय उनको विज्ञताको क्षेत्र हो । ‘उद्योगको आसपासका मानिसमा कान नसुन्ने, आँखा पाक्ने, छाला चिलाउने जस्ता समस्या देखिन सक्छ, उद्योगबाट उत्पन्न हुने रसायनीक तत्वयुक्त हावा र पानीले हाम्रो पर्यावरणलाई दुषित पार्छ, यो समस्या हाम्रो नेपालमा मात्र होईन, संसार भरि छ’ उनले भने–‘तर यसलाई कति कम बनाउने र कसरी नियन्त्रण गर्ने भन्ने कुरा हो, जुन कुराहामीले अध्ययन् गर्ने अवसर पायौं ।’
उनको घर नजिकै नेपाल चीन मैत्री औद्योगीक पार्क बन्ने कुरा छ । केहि समय अघि काठमाडौमा यसको सम्झौता पनि भयो । यो प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो । ‘यहाँ औद्योगीक पार्क बन्ने कुरा छ, भोलि यहाँ ठुला ठुला उद्योग स्थापना भए पछि यसले स्वास्थ्य, पर्यावरण तथा वातावरणमा समस्या पा¥यो, यहाँका नागरिक रोगी भए भने त मैले यहि बिषयमा यत्रो पढेको के काम’ उनले भने–‘मेरो विज्ञताको क्षेत्र पनि भएकाले म चिन्तित छु, यस क्षेत्रमा म नेपालमानै बसेर पनि काम गर्न चाहन्छु तर सरकारले कम्तिमा सम्बन्धित क्षेत्रका विज्ञ कहाँ कति छन् थाह त पाउनु प¥यो नि ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here