विद्यार्थीहरुलाइ क्षमतावान् बनाउन सर्वोदयले ल्यायाे यस्ताे कार्यक्रम

0
339

दमक/ झापा दमकको सर्वोदय इङ्ग्लिस स्कुल दमकले विद्यार्थीहरुलाइ क्षमतावान् बनाउनका लागि प्रेरक ब्याक्तित्वहरुसंग महिनामा एक दिन कार्यक्रम शुरु गरेको छ । स्कूलका प्रीन्सिपल नविन योगीका अनुसार यो कार्यक्रमले विद्यार्थीहरुलाइ प्रेरणा दिनेछ । उनिहरुले पुस्तकमा पढेका र सुनेका ब्याक्तिहरुलाई ल्याइने उनले बताए ।

आज शुक्रबार गौरादह नगरपालिकामा स्थायी बसोबास गर्ने कवि र समालोचक प्राध्यापन पेसामा आवद्ध खगेन्द्र नेउपानेलाइ ल्याईएको पनि जनाईएको छ । न्यौपानेले आफ्नो जीवन भोगाइका अनुभवका साथ आफ्ना रचना वाचन गरेका थिए । स्थानीय क्षेत्रका विशिष्ठ ब्याक्तिहरुलाइ नै पहिलो चरणमा ल्याईएको पनि योगीले जनाए ।

सर्वोदय सगरमाथा टिन्स क्लव, सर्वोदय स्काउट टु्रप्स, सर्वोदय वाल क्लव र जुनियर रेडक्रस सर्कलले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रमका प्रमुख ब्याक्तित्व न्यौपानेको बारेमा शिखा राइले जानकारी गराएकी थिइनु । सर्वोदय सगरमाथा टिन्स क्लवकी अध्यक्ष आकृती बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । सर्वोदय वाल क्लवकी सचिव आष्मा बानियाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here