मंशिर १७ गते दमक सांस्कृतिक साँझ हुने, को को आउदै छन् कलाकार

0
736

दमक, कात्तिक २८/ दमकमा प्रदेश नम्बर १ स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्र स्थापना गर्ने उद्देस्यले दमक सांस्कृतिक साँझ हुने भएको छ ।

२८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आगामी मंशिर १७ गते दमक अपाङ्ग सहयोग समितिको आयोजनामा चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा दमक साँस्कृतिक साँझ गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी दिनुभयो । दमकमा बनाउन लागीएको प्रदेश स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्र को प्रचारात्मक कार्यक्रमको लागी कार्यक्रा गर्न लागिएको उहाँले बताउनु भयो ।

सो दिन बिहान ११ बजे झापा जिल्ला भर रहेका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागीतामा र्याली सहित दमक नगर परिक्रमा गरी दमक ६ मा रहेको पञ्चायत रजत स्तम्भ परिषरमा दिउँसो १ बजे देखी अन्तकृया कार्यक्रा गरिने र सोहि ठाउँमा अपरान्ह ३ बजे देखी चर्चित कलाकारहरुको साथमा सांगितिक कार्यक्रम गरिने समितिका सचिव मदन बोहराले जानकारी दिनुभयो ।

निशुल्क आयोजना गरिने कार्यक्रममा चर्चित कलाकारहरु मनोज गजुरेल, शम्भु राई, राजा राजेन्द्र, टंम बुढाथोकी, अशोक दर्जी लगायतको प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here