नेपाल विद्यापति पुरस्कारको घोषणा, दुई लाख राशीको पुरस्कार चन्द्रशेखर उपाध्यायलाई

0
361

जनकपुरधाम, कार्तिक २४ । नेपाल सरकारद्वारा स्थापित मैथिली भाषाको सबैभन्दा ठूलो राशीको विद्यापति पुरस्कारको आज घोषणा गरिएको छ ।

कोषले पत्रकार सम्मेलनको आयोजना गरी गरेको पुरस्कार घोषणामा दूई लाख नगद राशीको पुरस्कार साहित्यकार चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिने जानकारी गराइएको छ ।

नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यमा अतुलनिय योगदानका लागि दिइने गरिन्छ । धनुषा रघुनाथपुरका उपाध्यायलाई सुदामा चरित्र नामक मैथिली खण्डकाव्यका लागि पुरस्कृत गर्न लागिएको हो । यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुन्सरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ । उनले कालो सूर्य नामक नेपाली भाषाको उपन्यास मैथिली भाषामा अनुवाद गरेका छन् ।

नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जनकपुरधामका पत्रकार उपेन्द्रभगत नागवंशीलाई प्रदान गरिने भएको छ । उनको काव्यकृति नामक कविता संग्रहको पाण्डुलिपि रहेको कोषका सदस्य सचिव नविनकुमार मिश्रले जानकारी दिए । नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने छ । त्यसैगरी नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए । यी पुरस्कारहरुको राशी जनही एक÷एक लाख रुपैयाँ रहेको छ ।

पुरस्कृत हुनहरुलाई कोषको विधान बमोजिम यही आर्थिक वर्ष भित्र एक विशेस समारोहका विच पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ । मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कार्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरिएको थियो । २०६८ सालमा स्थापना गरिएको कोषले अहिलेसम्म ३० जना श्रष्टालाई पुरस्कृत गरिसकेको छ भने दुई आर्थिक वर्षमा कोषको आन्तरिक किचलोका कारण पुरस्कार घोषणा हुन सकेको थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here