निरौलाको घरमा आगलागी, आगलागीमा परि बाछी र बाख्रा मरे

0
641

पुष २६, दमक/ झापाको दमक २ स्थित डाकिनीमा ग्यासको सिलिण्डर पढ्किएर दुई घर र एउटा गोठमा आगलागी भएको छ । स्थानीय हरिप्रसाद निरौला र दिनेश गुरागाईको घरमा आज बिहान आगलागी भएको हो । बिहान पौने छ बजे भएको आगलागीबाट निरौलाको घर सहितघरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

घर सँगै रहेको गोठमा समेत आगो लागेको छ । गोठमा रहेका गाई र बाख्रा समेत डढेका छन् । २ वटा बाख्रा र एउटा बाछी जलेर मरेका छन् भने दुधालु गाई घाइते भएको छ । दमक नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहायतामा एक घण्टा पछि आगो नियन्त्रणमा आएको स्थानीय पवन निरौलाले जानकारी दिए । कोशि ग्यासको सिलिण्डर पड्कीएर आगो लागेको घर धनी हरि प्रसाद निरौलाले बताउनु भयो ।

बिहान सवेरै उठेर दुध पुर्याउन बजार गएका बेला घरमा आगो लागेको उनले बताए । आगलागीका कारण पुरै घरमा भएको करिव ३५ मन धान लगायत अन्नपात र जायजेथा सबै जलेर नष्ट भएको छ । कति सम्पती नष्ट भयो भन्ने विवरण तयार नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यसै गरि छिमेकी दिनेश गुरागाईको घरमा समेत आगोले क्षती पुर्याएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here