जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?

0
567

डा. केदार कार्की

विश्वस्तरीय जलवायु परीवर्तनको प्रस्ताव मानव स्वास्थ्यमा पनि पर्नेछ । झाडा पखाला पेचीस हैजा तथा म्यादी ज्वरो जस्ता संक्रामक बिमारीहरुको बारम्वारतामा वृदधी हुनेछ । विश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार जलवायु परिवर्तनका कारणा शंवास तथा हृदय सम्बन्धी बिमारीहरुमा बृदधी हुनेछ । किनकी तापमान तथा वर्षाको बिमारी फैलाउने बाहकहरुको गुणन एवं विस्तारमा मह्त्वपूर्ण भूमीका हुन्छन् । अतः दक्षिण अमेरीका अफ्रिका तथा दक्षिणी पूर्वी एसीयामा लामखुटे बाट फैलीने बिमारीहरु जस्तै मलेरीया, फाइलेरिया, डेंगु ज्वरो चिकनगुनीया, यलोफिवर, जापानीज मस्तिष्कधात ज्वरोको प्रकोपमा वृदधीका कारराा यी बिमारीहरुको विस्तार उत्तरी अमेरीका तथा युरोपिय महादवीपमा पनि हुनेछ ।

हाम्रो आसपासको जलवायु तथा युरोपिय महादवीपमा पनि हुनेछ । हाम्रो आसपासको जलवायु एवं वातावरण माथी निश्चित तथा प्रत्यक्ष प्रभाव पर्छ । यो पनि सत्य हो की मानव शरीर आफ्नो निश्चीत प्रभाव पार्न शुरु गर्दछ । पृथ्वीको बदलिदो जलवायुले पछिल्लो केहि दशकमा हर वर्गको ध्यान आफू तीर आर्क्षित गरेको छ । गर्मी वातावरण अत्याधिक चिसो वातावरणको तुलनामा स्वास्थ्यमा ज्यादा प्रतिकूल प्रभाव पार्दछ । जसै जसै आसपासको वातावरणको तापक्रम बढ्छ शरीर आफ्नो आन्तरीक कृपाहरुबाट शरीरको तापक्रमलाई सामान्य बनाएर राख्ने कोशीर गर्दछ । जस्मा पसीना निस्कनु मुटुको गती बढ्ने तथा रक्त वाहिकाहरु फैलीने आदी पर्दछ ।

बुढापाकाहरुमा यसै पनि पसीना निकाल्ने क्षमता कम हुन्छ । अर्को यीनको रक्त प्रवाह तन्त्रको क्षमता पनि हास हुन्छ जस्ले गर्दा गर्मी वातावरणमा बृदधहरुलाई सबै भन्दा बढी नोकसान हुन्छ । हिट स्ट्रोक (लु) ले मर्ने रोगीहरुमा बृदध एवं बालबालिकाको तादाद सबै भन्दा बढी हुन्छ । ओसीलो र गर्म जलवायुमा मलेरीया, डेंगु येलो फिवर मस्तीष्क ज्वरो सांसका रोगहरु चौड फैलीन्छन् । आज यी रोगहरुको लगातार बढ्दो संख्या यस कुराको साक्षी छ कि बदलिदो जलवायुले मानव स्वास्थमा आफ्नो असर देखाउँदै छ ।

रोगबाट प्रभावित क्षेत्रहरुमा बिस्तारः
वायुमण्डलको तापक्रम बढनाले धेरै रोगहरु जुन पहिले केहिक्षेत्रहरुमा पाइदैन थिए ती पनि ती क्षेत्रमा फैलीन सक्दछन् । उदाहरणका लागि डेंगु ज्वरो फैलाउने लामखुट्टे साधारण तथा समुद्र तलबाट ३३०० फट भन्दा माथीको उचाइ भएको ठाउँमा पाइदैन थियो तर अब ग्लोवल वार्मीगका कारणले यो कोलम्वीयामा ७२०० फुट उचाइ सम्म बसेको ठाउँमा पाईन थालेको छ । किरापिलया टयांग्रा झिंगा लामखुट्टे द्वारा फैलीने रोग, मुसाबाट फैलीने रोग जुन पहिले युरोप अमेरीका महादूीपमा प्रायजसो देखिदैन थियो तीनको संख्यामा अब त्याहाँ निरन्तर बृदधी भइ राखेको छ । मलेरिया पनि आजभोली ती पर्वतीय क्षेत्रहरुमा जनसमुदायलाई आफ्नो शीकार बनाउँदै छ जहाँ पहिले यस्को उपस्थीति असंभव मानीन्थीयो जस्तै हिमान्चल नागालैण्ड इन्डोनेशीयाको पर्वतीय क्षेत्र आदि । हाम्रो आफ्नो परिवेषमा सोलुखुम्बु क्षेत्र अछतो छैन । एक अनुमानका अनुसार सन २०७० सम्ममा विश्वको ६० प्र.श भागहरुमा मलेरिया देखिने अनुकुल परिस्थीतिहरु बन्ने छ ।

नयाँ रोगको उत्पतीः
जलवायमा हुने परिवर्तन रोगाण हरुमा रोगाणु बाहकहरुमा यस्तो परिवर्तन उत्पन्न गर्न सकदछन् जसबाट विल्कूल नयाँ खाले बिमारीहरु उत्पन्न हुन सक्छ जस्को बारेमा हामीलाई जानकारी नहुन सक्छ अनी त्यसलाई निवटनको लागि चाहिने औषधी हामी सँग हुने प्रश्न पनि उठदैन । यी रोग रुधाखोकी जस्तो साधारण पनि हुन सक्छ या एडस जस्तो खत्रनाक पनि ।यो विश्वको कुनै कुनामा मात्र सीमित हुन सक्छ या फेरी महामारी बनेर पुरै विश्वलाई आफ्नो चपेटामा लीन सक्छ ।

जलवायुमा हुने परिवर्तनहरुले यस्तो संयोग पनि बन्न सक्छ जसमा कम जाने सुनेको रोगहरुले विशवको ठूलो जनसंख्यालाई आफ्नो चपेटामा लेला भारतको कर्नाटक राज्यको भाइरस जन्य रोग कैसनुर फारेस्ट डिजीज केन्यामा येलो फिवरको प्रसार मिस्रमा रिफट वैली फिवर को रोगीहरुको बढ्दो संख्या यस प्रकारको संभावीत खत्राको जीउँदो जाग्दो उदाहरण तथा औदयोगीक कृषिका कारण कृषि उत्पादनमा कमी आउने आवश्यकभावी मानिन्छ ।

यस बाहेक बदलिदो जलवायुका कारण हुने खडेरी अतीवृष्टी असीना बृपटीले कृषि उत्पादनमा नराम्रो असर पर्नेछ त्यस माथी जनसंख्या बृदधीका कारण अन्नको कमी भोकभरी विश्वव्यापी रुपमा समस्या बनेर देखिने छ । जस्को परिणाम हुनेछ कुपोषण भुखमरी जसबाट सबैधन्दा बढी प्रभावीत हुने छन गरीव अविकशीत तथा विकशील देशहरु यस विश्वव्यापी समस्या समाधान गर्न सजीलो छैन ।

जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभावः
वायुमंडलको माथिल्लो सतहमा औजोन पृथ्वीवबशीहरुको लागि सूर्यको धातक परावैगनी किरणहरुको खिलाफ रक्षा बवचको काम गर्दछ । तर पृथ्वीको सतहको नजीकको वायुमण्डलका ओजोन एउटा प्रदुषक मानीन्छ । सांस सँग फोकसोमा पुगे पछि यस्ले श्वांस तन्त्रका कोशीकाहरुलाई गंभीर नोकशानी पु¥याउँछ । जसले फोकसो भीत्र ग्यासहरुको आदान प्रदानमा गंभीर प्रदानमा गंभीर रुकावट उत्पन्न हुन थाल्छ । यस बाहेक यस्ले अन्य प्रदुषक तथा सल्फर डाइअकसाइडको फोकसोमा पर्ने दुण्द प्रभावहरुलाई बृदधी गराउँछ । यसबाट शरीरमा रोग प्रतिरोधक क्षमतामा धेरै कमी भएर जान्छ ।
पृथ्वी सम्म पुग्ने परावैगनी विकिरणको मात्रा दिन पर दिन बढ्नाले धेरै खाले छालाका रोगहरु तथा छालाको कयानसरका घटनाहरु बृदधी भई राखेको छ । धेरै गर्मीका कारण हिट स्ट्रोक जस्ता समस्या बाट हुने मृत्यु तथा शारीरीक पेरेशानीहरुमा बृदधी हुन सक्छ ।

स्वच्छ पिउने पानीको कमीले रोगहरुमा बृदधीः
स्वच्छ पिउने पानीको निरन्तर उपलब्धता विश्व स्वास्थ्यको लागि अती मह्त्वपूर्ण आवश्यकता मानीन्छ । समुन्द्रको स्तर बढ्नाले तटिय प्रदेशहरुमा समुन्द्रको खारा पानी भरीनाले तटिय क्षेत्रबाट विस्थापित मानीस आएर पहिलेका बस्तीमा थपिन्छन् ती स्थानमा पहिले नैरहेको पिउने पानीको समस्या अझ गंभीर हुनेछ । सफा पानीको अपलवधता कम हुनाले निश्चीत रुपमा दुषित पानीबाट फैलीने रोगहरु झाडा पखाला हैजा म्यादी ज्वरो मस्तीष्क ज्वरो आदीमा बृदधी हुन सक्छ । यी रोगहरुले महाभारी कै रुप लीन सक्नेछन् ।

जनसंख्या विस्थापनले मानसीक रोगहरुमा बृदधीः
दुनियाको आधा भन्दा बढी जासंख्या समुन्द्र तटबाट ६० किलोमिटरको दायरामा बस्दछन् । धर्ती तातनाको फलस्वरुप जब समुन्द्रको जलस्तर बढने छ त्यस्तो बेला ती क्षेत्र समुन्द्री पानीमा या त पुरै डुवला या जलमग्न हुनाले बस्न लाएक हुदैन नील नदीको डेल्टा, वंगलादेशमा गंगा तथा दूीप समूह सबभन्दा पहिले यस्को चपेटामा पर्ने छन् । यस्तो समयमा विस्थापीत हुने जनसंख्या जहाँ एकातीर अकाल भुखमरी सामाजीक विषमताहरु मानिसक जहाँ भुखमरी सामाजीक विषमताहरु मानसीक सन्तान मानसीक रोगको चपेटामा पर्छन् । त्यही पुर्नवाश भएको ठाउँमा यो जनसंख्याले तीनीहरको सिमित ससाधनहरुमा हिस्सेदारी गरी रैथानेलाई पनि समस्या श्रृजना गर्नेछन् ।

संयुक्त राष्ट्र संघको एउटा रिपोर्टमा यो तथ्य सामने आएको छ कि पंक्ष्मिहरुमा वर्डफलुको प्रसारमा पनि वैश्वीक तनपमानको ठूलो योगदान छ । टाढा देश विदेशबाट आउने फिरन्ते चराहरु जहाँ सिमसार क्षेशहरु छिटो छिटो मासीँदै गइ राखेका छन् । यसले गर्दा फिरन्ते चराहरु जस्मा केहि वर्डफलु ग्रसीत हुन सक्छन् घरपालुवा कुखुरा फार्म बस्न पुगे भने वर्ड फलुको संक्रमण फैलाउन्छन् ।
डेंगु ज्वरोको एउटा खतरनाक रुप हो डंगु हेमेरेजीक ज्वरो जस्मा रोगीहरुको मृत्युको संभावना धेरै हुन्छ । यस रोगको रोगाणु लामखुट्टेको एक विशेष प्रजाती एडिस एजेष्टाइले येकदा फैलीन्छ । यदयावी यो लामखुट्टे धेरै चीसो ठाउँमा जहाँ हिउँ पर्छ सजील्यै हुर्कन सक्तैन । यसैले डेंगुलाई लामो समयसम्म गर्मी तथा ओशीलो ठाउँको रोग मानीन्थीयो । तर वैश्वीक तापमानको फलस्वरुप अब चिसो प्रदेशहरुमा पनी यस्को प्रसरणा हुदै छ । भविष्यमा यस्को विश्वव्यापी रोग बन्ने प्रवल संभावना देखिन्छ ।

मुख्यत धर्ती तात्नुको दुष्परिणामका कारण लामखुट्टेको टोकाइबाट फैलीने जोर्नीमा भयंकर दुखाई हुने रोग चिकुनगुनीया रोग मानीन्छ । मलेरिया जस्तै हात्तीपाइला रोग पछिल्लो तीन दशक देखी द्रुत गतीमा फैलीदै छ । कारण त्यहि धर्ती बढी तात्नाले लामखुट्टेलाई जलवायु अधिक अनुकुल हुँदै जानु । हाम्रो जीवन सहअस्तीत्वको जीवन हो । आफू सुरक्षीत रहन पनि वातावरण प्रदुषण नहुने वा कम उपाय खवलम्बन गर्नु पर्दछ । वातावरण प्रदुषण नियन्त्रण गर्नु भनेको एक हद सम्म जलवायु परिवर्तनको असर कम गर्नुु हो । गो ग्रीन रिडयुस सिओटु अवधारणालाई अव व्यहार मै लागू गर्ने वेला आएको छ । तसर्थ जलवायु परिवर्तनका कारण जल भौतिक चक्रमा आएको अस्थिरता उवण तापमान, अतीबृष्टी, अनावृष्टी असीना बृष्टी जस्ता अवस्थाले निमत्याएको शरीरिक मानसीक तथा सामाजीक असरलाई कम गर्न व्यक्ति समुदाय एवं रा ज्य स्तरमा चाँडो भन्दा चाँडो अनुकुलन क्षमता बढाउनु आजको आवशयकता मानीन्छ ।

लेखक सेवा निर्वित बरीष्ठ पशुचिकित्सक हुन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here