समर लभको ट्रेलर सार्वजनिक

0
274

पौष २४ काठमाडौं /   सुविन भट्टराईको चर्चित उपन्यास समर लभमाथि निर्माण गरिएको फिल्म समर लभको ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।

मुस्कान ढकालको निर्देशनमा बनेको फिल्ममा उपन्यासका प्रमुख पात्र अतीत शर्माको भूमिका आशिष पिया र साया शाक्यको चरित्र रेवती क्षेत्रीले निर्वाह गरेका छन् । त्यसैगरी सुस्मिताको भूमिका नम्रता सापकोटा निर्वाह गरेकी छिन् । तीन मिनेट लामो ट्रेलरमा प्रेमका विविध आयाम प्रस्तुत गरिएको छ ।

यसअघि नाइँ नभन्नू ल–३ निर्देशन गरेका मुस्कानले समर लभ उत्कृष्ट बनाउन कुनै कुराको कमी नगरिएको बताएका छन् । फिल्मका पटकथा तथा संवाद लेखक सामीप्यराज तिमिल्सिना उपन्यासका अधिकांश कुरालाई फिल्ममा अटाउने प्रयास गरिएको बताउछन । फिल्म निकै सुन्दर बनेकाले उपन्यास पढ्दाको भन्दा बढी मिठास फिल्मले दिने दाबी उनको छ ।

माघ २५ गते प्रदर्शन हुने फिल्ममा आशिष, रेवती र नम्रताका साथमा सरोज खनाल, ओम प्रतीक, सुरजसिंह ठकुरी, शिशिर भण्डारीलगायत कलाकारले अभिनय गरेका छन् । फिल्मको निर्मातामा खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी, विनोद अधिकारी, सोपान सरकार, मनोज बिकेलगायत छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here