नाटक गैंडा टाइम्स मञ्चन हुँदै

0
427

दमक, २३ पौष/ कदम थिएटर झापाले आगामी माघ १० देखि माघ १४ सम्म दमकमा नाटक प्रदर्शन गर्ने भएको छ । आफ्नो बुबाको खाग चोरी भएपछि खाग तस्करहरु भेटाएर खाग फिर्ता ल्याउन बर्दिया राष्ट्रिय निकुञ्जबाट काठमाण्डौं हिँडेको एउटा गैंडाको संघर्षको कथा नाटकको रुपमा प्रश्तुत गर्न लागिएको हो ।

सोमबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम ब्यवस्थापन कमन देवान र मेची पुत्रले नाटकको आवश्यकता र औचित्वबारे जानकारी दिनुभयो ।
कथाकार बुद्धिसागरको गैंडा टाइम्स नामक कथालाई प्रविण खतिवडा र सिजन दाहालले परिकल्पना गर्नु भएको छ भने नाटकमा निर्देशन सिजन दाहालकै रहेको छ । कदम थिएटरले यसअघिपनि दमकमा मरिचेको चुप्पी नामक नाटक प्रश्तुत गरिसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here