स्वछ खानेपानीको संस्थामा राजनीतिक फोहोरी खेल, दलगत प्यानलको घोषणा

0
385

दमक, २२ पौष / झापाको दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन गईरहेको निर्वाचनमा सहमतिको संभावना न्यून हुदै गएपछि नेतृत्व हत्याउन दलीय प्रतिष्पर्धा हुने देखिएको छ । नेतृत्वमा दलीय सहमति जुट्न नसकेपछि चुनाव हुने भएको हो ।
आइतवार आयोजित एक कार्यक्रमकाविच नेकपाका नेता रेवतराज पुरीले नेतृत्वमा सहमति नजुटेपछि नेकपा र राप्रपाविच गठबन्धन भएको बताए ।

उनले पटक पटक नेपाली काँग्रेस र अन्य साना दलहरुसँग सहमति खोजेपनि सहमति हुन नसकेको बताउँदै दुई पार्टीको संयूक्त प्यानल घोषणा गर्न बाद्य भएको भन्दै चुनाव प्रचार प्रसार समितिका संयोजक समेत रहेका नेता पुरीले संयूक्त प्यानलको नामावली सार्वजनिक गरेका छन् । घोषित समितिमा कृष्ण भण्डारी, लिलादेवी ढुंगेल, गणेशबहादुर बस्नेत, रामकुमार थापा, हरिप्रसाद न्यौपाने, नेत्रप्रसाद पराजुली, कृष्णमाया थापा, तारा शाही, र सुमित्रा भण्डारी रहेका छन् ।

यस अघि लोकतान्त्रिक समूह नाम दिएर आफनो उम्मेद्वारहरु घोषणा गरिसकेको अर्को समुह छ । जसमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल , नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्चले संयुक्त उम्मेद्वार सार्वजनिक गरेको थियो । घोषणा अनुसार ती दलको संयुक्त लोकतान्त्रिक गठबन्धन टिमबाट घनेन्द्रराज योङया, धनबहादुर भट्टराई, रोशन गौतम, महेन्द्र लिम्बु , धिरेन लावती, हरि सुवेदी, मिना कोइराला,पञ्चमाया राई र विष्णु कुमारी भट्टराई उम्मेदवार घोषणा गरिसकेको छ ।


२२ वर्ष अघि स्थापित दमक खानेपानी संस्थामा हाल ९ हजार १५ धारा पुगेको छ । ती मध्ये ७ हजार ६ सय २० वटा घरमा धारा जडित छ । कार्यालयका अनुसार दमकका १,२ ,४,५,६,७,८ र ९ वडाहरुमा सञ्चालित खानेपानी तीन वटा टंकीमार्फत वितरण हुदैआएको छ । पानी दैनिक ६३ लाख लिटर उत्पादन हुदैआएको छ ।

निर्वाचन समितिका अनुसार उपभोक्ताहरुले निर्वा्चित हुने नौ सदस्यीय सञ्चालक समितिमा खुल्ला तीन महिलामा आफूले रोजेको उम्मेदवारलाई मत दिन सक्ने छन् भने क्षेत्रगत आधारमा धारा रहेको वडाबाट प्रतिष्पर्धी सदस्यलाई मात्र मत दिन पाउने व्यवस्था छ । सदस्यहरु निर्वा्चित भएपछि मात्र त्यही सदस्यहरुमार्फत पदाधिकारी, जिम्मेवारी वाँडफाड गरिने नियम रहेको बताईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here