कसरी मिल्ला अदितिलाई राहत ?

0
306

काठमाडौं  / अभिनेत्री अदिति बुढाथोकी अहिले गुमनाम जस्तै छिन् । गतवर्ष प्रदर्शनमा आएको ‘कृ’बाट अभिनेयमा डेब्यू गरेकी उनको त्यसपछि कुनै फिल्म आएको छैन । अनमोल केसीसँग स्क्रिन शेयर गरेका धेरै अभिनेत्री चम्किएका छन् । उदारणको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिन सकिन्छ । तर अदितिको जीवनमा भने अनमोलसँगको सहकार्यले केही फरक पारेन । उनी जसरी आइन् त्यसरी नै हराइन् ।

भारतीय मोडलिङ नगरीबाट नेपाली फिल्म अभिनयकमा भित्रिएकी अदिती तेलगु फिल्ममा समेत देखिँदैछिन् । यसको जानकारी केही पहिले उनले एक कार्यक्रममा दिएकी थिइन् ।

‘कृ’ भन्दा पहिले बलिउडका केही सट फिल्म र म्युजिक भिडियोमा समेत काम गरेकी अदिती ‘इन्सटाग्रामकी क्वीन’ पनि हुन् । उनले इन्सटाग्राममा सार्वजनिक गर्ने तस्बिर भारतीय मिडियाको समेत प्राथमिकतामा पर्ने गरेको छ ।

‘कृ’ पछि नेपाली फिल्म नपाएकी उनलाई अब भने राहत मिल्ने देखिएको छ । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराले आफ्नो अबको प्रोजेट ‘हेल्लो जिन्दगी’मा उनलाई लिने भएका छन् । यस बिषयमा निर्देशक बोहोरा र अभिनेत्री बुढाथोकीले भने आधिकारीक धारणा सार्वजनिक गरेका छैन् । तर केही दिनमै फिल्म घोषणा हुने तयारी भइरहेको श्रोतको दाबी छ ।

निर्देशक बोहोराले अदितिसँग नयाँ फिल्म काम गर्न लागेको अनुमान उनको फेसबुकबाट पनि लगाउन सकिन्छ । केही अगाडि बोहोराले अदितिसँगको एक तस्बिर शेयर गर्दै प्रतिभा र सुन्दरताको प्रशंसा समेत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here