इलाम कृषि उपजको उत्पादन तथा प्रशोधनको केन्द्र बन्नेछः प्रधानमन्त्री ओली

0
266

पुस २०, २०७५ इलाम / प्रधानमन्त्री केपी शर्मा ओलीले नगदेवाली उत्पादनको अग्रणी जिल्ला इलाममा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले इलाममा लगानीका अनेक सम्भावना रहेकाले लगानी गरेर आर्थिक समृद्धिका टेवा पु¥याउन आग्रह गरे । चिया क्षेत्रको उद्गमस्थल इलाममा अदुवा, अलैंची, अकबरे, ओलन लगायत ७ वटा अ को सम्भावना भएकाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट लगानी जुटाउने उद्देश्यले स्थानीय सरकारले गरेको काम प्रशंसायोग्य भएको बताए।

इलाममा उत्पादन भएको कृषिजन्य सामग्री निर्यातका लागि सरकारले भारत र बंगलादेश सरकारसँग वार्ता गरेकाले इलाम कृषि उपजको उत्पादन तथा प्रशोधनको केन्द्र बन्ने प्रधानमन्त्री ओलीले बताए। लगानी गर्दा सुरक्षा, यातायातको पहुँच र कच्चापदार्थ प्रशस्त भएकाले निजी क्षेत्रलाई आफ्नो लगानी गरेर रोजागारी सिर्जना गर्ने काममा तीन तहका सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो।

सरकार देशको समृद्धिको यात्राका लागि तीब्र गतिमा काम गरिरहेकाले सम्पूर्ण नेपालीले केही वर्षमै त्यसको अनुभूति गर्ने प्रधानमन्त्री ओलीले बताए। इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल र लगानी सम्मेलन आयोजक समितिका सदस्य कृष्ण साहले इलाममा लगानी गर्ने क्षेत्रको बारेमा जानकारी गराएका थिए।

सम्मेलनको उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाले प्रधानमन्त्री ओलीलाई इलाम नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो। कार्यक्रममा इलाम नगरपालिका क्षेत्रका वातावरण प्रदुशण नियन्त्रणमा उकृष्ट रहेको इलाम नगरपालिका ५ लाई नगद प्रमाणपत्रसहित वातवरण पुरस्कार प्रदान गरेको छ। पुरस्कारसँग सो वडाले नगद एक लाख रुपैयाँ प्राप्त गर्‍यो। खेलकुद पुरस्कारबाट मंगेश बस्नेत, संगीत तथा साहित्य पुरस्कारबाट रोसन कर्माचार्य, सामाजिक सेवा पुरस्कारबाट मानबहादुर गुरुङ, संचार क्षेत्रको पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरी र कृषि पुरस्कारबाट महानन्द ओझा र पर्यटन क्षेत्रमा हरि गुरुङलाई प्रधानमन्त्री ओलीले जनही १० हजारसहित कदरपत्रले सम्मान गरे।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकालले निजी क्षेत्रले इलामका सम्भावित सबै क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए। कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खडका लगायत राजनीतिक दलका प्रतिनिधि एवं उद्योगीहरूको सहभागिता रहेको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here