गाडीले किच्दा दाहालको मृत्यु

0
552

आमचोक इलाम, १६ पौष / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा गाडीले किच्दा एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किच्दा फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा उनलाई गाडीले किचेको प्रहरीको जानकारी गराएको छ ।

गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here