दमकमा गजल अन्तरक्रिया

0
574

दमक,१४ पौष / गजलकार भोजराज घिमिरेको छन्द बहरमा गजलकृति ’निर्बन्ध आकाश’माथि अन्तरक्रिया गरिएको छ । झापाको दमकमा शुक्रबार आयोजित अन्तरक्रियामा युवा गजलकार सुरेश सुवेदीले घिमिरेका गजलमा लय पक्ष अत्यन्त सशक्त भएको तर शिल्प पक्षमा परिष्कार गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का टिप्पणीकर्ता कवि, समालोचक शिव प्रणतले घिमिरेले आफूलाई गजलमै समर्पित गरिरहेका र गजलप्रतिको उनको लगाव लोभलाग्दो रहेको बताउनुभयो । गजल आफैँमा जटिल विधा भएको र त्यसमाथि छन्दरबहरमा लेख्नु कठिन हुने भन्दै प्रणतले यस्तो कार्य साधनाबाट नडराउने मान्छेले मात्र गर्नसक्ने धारणा राख्नुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष कवि, समालोचक घनेन्द्र ओझाले उक्त कृति पुराना सर्जकका लागि पाठ र नयाँ सर्जकलाई चुनौती भएको बताउनु भयो ।

प्रमुख अतिथि डा. भीम खतिवडाले घिमिरेले लामो प्रशासनिक, सामाजिक तथा पारिवारिक जीवनमा भोगेका, देखेका अनुभव र अनुभूतिलाई काव्यात्मक रूपले आफ्ना गजलमा उतारेको बताउनु भयो । दमक क्याम्पस साहित्यिक विद्यार्थी मंच आयोजक र घनश्याम पथिकले संयोजन गरेको उक्त कार्यक्रममा रोहित पराई, सुमन राई, रश्मि असफललगायतले गजल वाचन गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here