इलाममा आगलागी, करिब १२ लाख बराबरको क्षति

0
170

इलाम /  इलाममा आगलागी हुँदा करिब १२ लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर–५ का राम बहादुर राईको घरमा शनिबार आगलागी हँदा बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

शनिबार बिहान करिब ११ बजे घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीमा राईको फुसको छानो भएको एक तले घर, घर भित्र पार्किङ गरेर राखिएको एक थान मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताइएको छ । आगलागी सुरु भएको १ घण्टामा मात्र प्रहरी र स्थानीयबासीको सकृयतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here