रवि ओड बने नेपाल आइडल विजेता

0
165
?

दमक, पौष ७ /  नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल सिजन २ का विजेता बनेका हुन । एपी वान एचडी टिभीबाट प्रशारण भएको सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रविले होन्डा गाडी र नगद २२ लाख रुपैयाँ प्राप्त गरको छन् । रविले आफ्नो जीत सबै प्रतियोगी र उपस्थित दर्शक तथा संगीतप्रेमीको भएको बताए ।

ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा विक्रम बराल दोस्रो बने। उनले २० लाख रुपैयाँ प्राप्त गरेका छन । नेपाल आइडलका फिनालेमा प्रवेश गरेका चारै जनाले विश्वका विभिन्न देशमा हुने सांगीतिक शोमा सहभागी हुन पाउने बताइएको छ । सेकेन्ड रनरअप सुमित पाठक बने ।

झापाका सुमितले १२ लाख रुपैयाँ बराबरको चेक प्राप्त गरेका थिए । उनले पनि विश्वभर हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउने अवसर पाउनेछन । नेपाल आइडलको फाइनलिस्टमा पुग्ने एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी चौथो स्थानमा चित्त बुझाउन बाध्य भइन् । उनले स्कुटर प्राप्त गरेकी छन । त्यसैगरी उनले अन्य प्रतियोगीसँगै विदेशमा सांगीतिक शो गर्न पाउनेछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here