गगन पुरीले दिए आमाको स्मृतिमा लाईव्रेरीलाई २० हजारका पुस्तक

0
306

दमक, १८ मंसिर / आफना दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा मंगलवार दमक पव्लिक लाइव्रेरीलाई रु २० हजार मूल्य बराबरका पुस्तकहरु एक दाताले दिएका छन् ।
दमक– ६ निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व गगन पुरीले लाईव्रेरीलाई पुस्तक खरिदका लागि उक्त सहयोग दिएका हुन् । लाईव्रेरीमा एक कार्यक्रमका बीच पुस्तक दाता पुरीसहित धर्मपत्नी सिमा र दाजु देवकुमारले पुस्तक खरिदका लागि रु २० हजारको चेक लाईव्रेरीका उपाध्यक्ष जीवन सापकोटालाई हस्तान्तरण गरे ।यसअघि समेत दाता पुरीले दमक बहुमुखी क्याम्पसमा समेत आमाको स्मृतिमा रु १ लाख ५० हजार रुपैया राशीको अक्षय कोष समेत स्थापना गरेका थिए ।
दाता पुरीबाट उपलब्ध उक्त रकमबाट लाईव्रेरीमा आवश्यक पर्ने पुस्तकहरु खरिद गरिने उपाध्यक्ष सापकोटाले बताए । उनका अनुसार २०६९ सालमा स्थापित लाईव्रेरीमा विभिन्न दाताहरुबाट उपलब्ध गरिएका हाल करिव ८ हजार थान विभिन्न किसिमका स्वदेशी तथा विदेशी पुस्तकहरु संग्रहीत छन् ।
दमक –८ स्थित उक्त लाईव्रेरीमा विभिन्न उमेर समूहका दैनिक ५० जना बढी सर्वसाधारणहरुले नियमित पुस्तक,पत्रपत्रिकाहरु अध्ययन गरिआएका लाईव्रेरीका सदस्य भरत चम्लागाईले बताए । त्यस्तै, लाइव्रेरीबाट ५ सय थान पुस्तकहरु घरमा लगेर अध्ययन गरिरहेका छन् ।
त्यसैगरि पठनीय संस्कृतिको विकास गर्न लाइव्रेरीले दमकबाहेक झापाको विर्तामोडमा समेत शाखाका रुपमा लाईव्रेरी सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here