मिडियाकप फुटसलको उपाधि कसारलाई

0
192

दमक,२७ असोज / दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित हासिल गरेको हो । जितसंगै विजेताले १५ हजार,ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले १० हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको हाइस्कोर ७ र ७ गोल गर्ने विजेता र उपविजेताका क्रमशः अंकित दाहाल र शुसील राईले पुरस्कार पाए । त्यस्तै, गेम अफ द सिरिजबाट विजेताकै प्रेमसागर दाहालले पुरस्कार प्राप्त गरेको आयोजक संस्था नेपाल प्रेस युनियन माइपश्चिम समितिका अध्यक्ष विष्णु सुब्बाले बताए । प्रतियोगितामा विजेता,उपविजेता खेलाडीहरुलाई प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बु, रेडियो ब्रोडकास्टिङ एशोसियसनका ( वान ) प्रदेश सचिव धु्रव न्यौपाने, दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीलगायतले वितरण गरेका थिए ।

वडादशैंको अवसर पारेर युनियनले माइपश्चिमका मिडिया हाउसहरुवीच एकदिवसीय मिडियाकप फुटसल प्रतियोगिता गरेको हो । प्रतियोगितामा माइपश्चिमका १० वटा टिमको सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here