मिठाइमा भाँडा माझ्ने हाइड्रो केमिकल, खोइ अनुगमन ?

0
362

इलाम ,१६ असोज / लामो समयसम्म बजार अनुगमन नहुँदा बजारका मिठाइ पसलमा समेत केमिकल प्रयोग हुन थालेको पाइएको छ । इलामको सूर्याेदय नगरपालिका क्षेत्रको फिक्कल बजारमा सञ्चालित मिठाइ पसलमा भाँडा माझ्न प्रयोग गरिने हाइड्रो केमिकल मिठाइ बनाउन प्रयोग गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सूर्याेदय नगरपालिका, उद्योग वाणिज्य संघ लगायतले गरेको अनुगमनबाट मिठाइ पसलमा उद्योगका मेशिन सफा गर्न प्रयोग गरिने केमिकल प्रयोग गरिएको पाइएको हो । अनुगमनका क्रममा सूर्याेदय नगरपालिका १० फिक्कलमा रहेको पाथीभरा बेकरी उद्योगले उत्पादन मिति र उपभोग्य मिति नहालेको बेकरी बजारमा विक्री गरेको कारण सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी सफल र्पाेतेलले बताउनुभयो ।
चाँडवाड नजिकिए संगै सर्वसाधारणहरुलाई मार नपरोस् भनि सूर्याेदयन गरपालिकाको केन्द्र फिक्कल बजारका खाद्य पसलहरु, मिडाई पसलहरु, भेटेरेनरी, पेय पदार्थहरु लगायत २१ वटा पसलहरुको अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको नेतृत्वमा नगरपालिकाका भौतिक पुर्वाधार संयोजक होम कार्की, वडा नं ९ का अध्यक्ष देवेन्द्र आर्चाय, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, प्रहरी निरिक्षक हेमराज ओली, उद्योग बाणिज्य संघका सदस्य सुरेन पौडेल र पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिनाकोको टोलीले बजार अनुगमन गरेको हो ।
नेपालीहरुको महान चाँड दशैँ तिहारमा मानिसहरु आवत जावत बढि हुने र उपभोक्ताहरु उपभोग्य सामानहरु किनमेल गर्दा बढि ठगिने भएकोले जिल्ला प्रशासन कार्यालय इलामले इलामका १० वटै स्थानीय तहमा बजार अनुगमनको काम गरिरहेको छ । पटक पटक अनुगमन गर्दा पनि जिल्लाका बजारहरुमा व्यवसायीहरुले आफ्नो व्यवसाय सुधार्दै आएको अनुगनम टोलिका प्रमुख सफल पोर्लेलले बताउनुभयो ।
व्यवसायीले हरेक ३ महिनामा अनुगमन गर्न आग्रह गरेका छन् । साप्ताहिक हाटका दिन बाहिरबाट आउने व्यवसायीहरुले करको दायरा बाहिर रहेका कारण आफुहरु मात्र समस्यामा पर्ने गरेको सूर्याेदयन गर क्षेत्रका व्यवसायीहरुको गुनासो छ । अनुगमनको क्रममा पहिला भन्दा केहि सुधार भएता पनि केहि मात्रामा बासि मिठाई, उपभोग समय सकिएका पेयपदार्थ,बिस्कुट जस्ता सामग्री बरामद भएका छन् । सूर्याेदयन गर क्षेत्रको पशुपतीनगर, श्रीअन्तु, हर्कटे र तिनघरे बजारमा दशै अघि नै नियमित अनुिगमन गरिने भएको छ । अनुगमनका क्रममा उद्योग तथा पसलमा बालश्रम प्रयोग भएको समेत पाइएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here