इलाम, १४ असोज / पर्यटकहरुको गन्तब्य बन्दै गएको इलाममा टिम्बुर उपयोगमा पनि बृद्धी हुँदै गएको छ । बिगतका बर्षहरुमा खासै उपयोगमा नआउने र इलामे जंगलमा प्रसस्तमात्रामा पाइने टिम्बुर इलाम आउने पर्यटकहरुले खोजी गर्न थालेपछि अहिले यसको बजार बढेको हो ।
अकबरे खोर्सानी र टिम्बुर पछिल्लो समय इलामका कोसेली बन्न सफल भएका छन् । औषधीय गुणको खानी भनिने टिम्बुरको इलाममा ब्यबसायिक खेती नगरिने भएपनि इलामे जंगलहरुमा पाइने गरेको छ । टिम्बुका बिभिन्न प्रजातीहरु भएपनि इलाममा तीन प्रकारका टिम्बुरहरु सिलटिम्बुर, बोकेटिम्बुर र जात टिम्बुर पाइने र आयुरर्बेदीक पद्धतीमा यीनिहरु सबैलाइ औषधिको रुपमा प्रयोग गरिने गरिएको छ ।
अहिले इलाम आउने आगन्तुकहरुले खोजी खोजी किन्न थालेपछि किसानहरुले बोटबाट टिपेर बजार पुर्याउन थालेपछि आम्दामीको श्रोत बन्न थालेको हो । इलामको ग्रामिण भेगहरुमा यस्ता औषधि गुणयुक्त धेरै बनस्पितिहरु भएपनि यसको संरक्षण बिकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।