प्रेस युनियन झापामा इन्दु पूर्वेली

0
316

झापा, १४असोज/  नेपाल प्रेस युनियन झापाको अध्यक्षमा इन्दु पूर्वेली निर्वाचित हुनु भएको छ । युनियनको हिजो बिर्तामोडमा सम्पन्न नवौं अधिवेशनमा भएको निर्वाचनमा पूर्वेलीले ६४ मत प्राप्त गरीर्नुभयो भने उहाँका प्रतिस्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गर्नु भएको थियो ।

युनियन झापाका १ सय २७ सदस्य मध्ये १ सय ६ मत खसेको थियो । अधिवेशनले उपाध्यक्षमा गिरिराज भट्टराई, सचिवमा डिल्लीराम घोर्साई, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा ओमप्रकास भट्टराईलाई निर्वाचित गरेको छ ।

यसैगरी कार्यसमिति सदस्यमा दिपक ढुंगाना, रोशन भट्टराई, राजन बाँस्कोटा, रेवतीराज घिमिरे, दोर्ण अधिकारी, बिष्णु पौडेल, ओशिन राज्यलक्ष्मी भट्टराई, राधा खनाल, सविना सुब्बा, आत्माराम राजवंशी, रणदेव हजाम र तलु बास्के रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here