एक नम्बर प्रदेशका ६ वटा जिल्लामा नमुना ट्राफिक ब्यवस्थापन

0
155

दमक, ४ असोज / एक नम्बर प्रदेशका ६ वटा जिल्लामा नमुना ट्राफिक व्यवस्थापनको पहल थालिएको छ । गत असारदेखि नमुना ट्राफिक व्यवस्थापनको काम सुरु भए पनि यसलाई थप प्रभाकारी बनाउन पहल सुरु भएको हो । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लामा १० / १० किलोमिटर राजमार्गलाई छानेर नमुना सडक सुशासन अभियानमा समेटिसकिएको छ ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याउन लागिएको हो । दैनिक १ हजार ५ सयभन्दा धेरै साधन चल्ने मेची राजमार्ग क्षेत्रमा दुर्घटनाको सम्भावना पनि उत्तिकै रहेकाले योजना कार्यान्वयन भए प्रत्यक्ष फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रदेश १ का इलामसहित ६ वटा जिल्लामा नुमना सडक निर्माण गरिने भएको हो ।

इलामको रोङ गाउँपालिकामा पर्ने किटेनी जोरकलसदेखि हर्कटेसम्म, मोरङ विराटनगरको मेनरोड, सुन्दरहरैचा र गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजारसम्म नमुना सडक बनाउन लागिएको हो । त्यस्तै झापाको बिर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गा कन्काई माईको पुलसम्म, धनकुटाको पात्लेखोलादेखि कागते चोकसम्म र उदयपुरको गाईघाट बजारदेखि जलजले ढाटसम्मको सडक खण्डलाई नमुना बनाउने योजना छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here