झापा / प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई झापाको काकँडभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– २ स्थित सुब्बा चोक निवासी २२ वर्षीया रिना चौधरी लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै गरेकी चौधरीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर– ६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यता, ब्राउन सुगरसहित नियन्त्रणमा लिएका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी काँकडभिट्टामा राखिएको जनाइएको छ। त्यसैगरी प्रहरीले मेचीनगर नगरपालिका– ५ नकलबन्दा भेटघाट चोकबाट लागुऔषध ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका– ३ बेलडाँगी निवासी २७ वर्षीय बिर्खबहादुर राई, सोही ठाउँ बस्ने २९ वर्षीय पुकबहादुर कटवाल र २८ वर्षीय सिमन कटवाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएका प्रहरीको टोलीले उनीहरूलाई चेकजाँच गर्दा लागुऔषध लुपिजेसिक ४५ एम्पुल, फेनारागन ४५ एम्पुल र डाइजोपाम ४५ एम्पुल बरामद गरेको थियो।
ब्राउन सुगरसहित एक महिला पक्राउ
फेसबूकमा कमेन्ट्स गर्नुहोस्