झापामा एक अर्ब ५० करोड बढी रकम फ्रिज, कुन नगरपालिकामा कति फिज भयो ?

0
192

दमक,२०७५, ३ भाद्र/ झापा जिल्लामा १० दशमलव ३० प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।

झापाको स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७९९ रुपैयाँ ३२ पैसा बराबरको कुल बजेटमध्ये आर्थिक वर्ष ०७४÷०७५ मा पुँजीगततर्फ ७९ प्रतिशत र चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको छ ।

जसमध्ये चालुतर्फ ७८ करोड ७६ लाख ७२ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३ सय ३२ रुपैयाँ गरी कुल एक अर्ब ५० करोड ६० लाख २४ हजार २ सय ८८ रुपैयाँ बराबरको बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा झापाको ११ अर्व ४१ करोड ४८ लाख चार हजार ८ सय ९४ रुपैयाँ बराबरको कुल बजेटमध्ये ७६ करोड ३३ लाख २ हजार ६ सय १५ रुपैयाँ बराबरको बजेट फ्रिज भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७४÷०७५ मा बढी बजेट फ्रिज भएको देखिन्छ । गत आर्थिक वर्षको चालु खर्चतर्फ खुद बजेट ११ अर्ब १९ करोड ५३ लाख १० हजार २ सय ३४ रुपैयाँमा १० अर्ब ४० करोड ७६ लाख ३७ हजार २ सय ७८ रुपैयाँ खर्च भएको थियो । असार मसान्तमा मात्र ८७ करोड ४९ लाख १६ हजार ५३ रुपैयाँ खर्च भएको देखिन्छ ।
त्यस्तै पुँजीगततर्फको खुद बजेट तीन अर्ब ४१ करोड ९७ लाख २८ हजार ५ सय ६५ रुपैयाँमध्ये दुई अर्ब ७० करोड १३ लाख ७७ हजार २ सय ३२ रुपैयाँ खर्च भएको छ । असार मसान्तमा मात्र एक अर्ब १९ करोड ५८ लाख ६६ हजार ७ सय १३ रुपैयाँ खर्च भएको देखिन्छ । विकास निर्माणतर्फ पुँजीगत खर्च भएकोले बढी बजेट त्यही शीर्षकबाट फ्रिज भएको देखिएको छ ।

कुन नगरपालिकामा कति फिज भयो ?
चालु र पुँजीगत गरी जिल्ला समन्वय समिति झापाको तीन करोड ८० लाख ४३ हजार ६ सय ७० रुपैयाँ बराबरको बजेटमा ३१ लाख ३७ हजार ८ सय ३० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ । चालु र पुँजीगत गरी नगरपालिकाहरुमा भद्रपुरको १३ करोड ४० लाख ८१ हजारमध्ये एक करोड ३३ लाख ५१ हजार २०० रुपैयाँ फ्रिज भएको छ ।
दमकको १२ करोड ५२ लाख ७० हजारमध्ये १० लाख ९५ हजार २ सय ५४ रुपैयाँ फ्रिज भएको छ । मेचीनगरको २८ करोड नौ लाख २७ हजारमध्ये १० लाख रुपैयाँ फ्रिज भएको छ । अर्जुनधाराको १२ करोड ४३ लाख ५८ हजारमध्ये चार लाख १८ हजार फ्रिज भएको छ ।

त्यस्तै बिर्तामोडको १० करोड एक लाख ९५ हजारमध्ये चार लाख १६ हजार ४ सय ५३ रुपैयाँ फ्रिज भएको छ । कनकाईको आठ करोड ७० लाख ९० हजारमध्ये ७१ लाख २९ हजार २ सय रुपैयाँ फ्रिज भएको छ । शिवसताक्षीको १४ करोड ११ लाख १६ हजारमध्ये १ करोड ६४ लाख ४८ हजार ११ रुपैयाँ फ्रिज भएको छ । गौरादहको २१ करोड ६६ लाख ९२ हजारमध्ये १० करोड तीन लाख २२ हजार ३३० रुपैयाँ फ्रिज भएको छ ।

त्यसैगरी चालु र पुँजीगत गरी गाउँपालिकाहरूमध्ये बुद्धशान्तिको आठ करोड ६४ लाख ८८ हजारमध्ये एक करोड ४० लाख ३० हजार ६ सय रुपैयाँ फ्रिज भएको छ । बाह्रदशीको छ करोड ६५ लाख ३३ हजारमध्ये ८९ लाख ३९ हजार २ सय ९८ रुपैयाँ फ्रिज भएको छ ।

हल्दिवारीको नौ करोड ९० लाख ५२ हजारमध्ये एक करोड ८५ लाख ४१ हजार ३१८ रुपैयाँ फ्रिज भएको छ । कचनकवलको सात करोड ६३ लाख चार हजारमध्ये आठ लाख ६८ हजार ६४ रुपैयाँ फ्रिज भएको छ । यसैगरी झापाको छ करोड ६९ लाख नौ हजारमध्ये १४ लाख ९८ हजार ६ सय ६७ रुपैयाँ फ्रिज भएको छ ।

कमलको नौ करोड १३ लाख ७० हजारमध्ये ६२ लाख ८५ हजार १२० रुपैयाँ फ्रिज भएको छ । गौरीगञ्जको छ करोड चार हजारमध्ये ३३ लाख १४ हजार ४ सय ७९ रुपैयाँ फ्रिज भएको छ । यता जिल्ला प्राविधिक कार्यालयको ६१ करोड ११ लाख ८५ हजार ९ सय ७३ मध्ये २५ करोड ९५ लाख ३० हजार २ सय ५४ रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here