सुरेन्द्र लामिछाने
हांँसी हांँसी रमाएका बचपन सबै गए
तातेताते मिठा बोली गोली झैँ झर्किने भए।
श्रमले यी रसाएका पसिनासंँग फक्रीएंँ
श्रमै हो जिन्दगी बुझें श्रमैले खिएं कक्रिएंँ।।
कसरी दीन बित्ला नि भन्दैमा झर्छ यौवन
बितेछन दिन ती अस्ति ढल्केछ अब जीवन।
दु:खले दु:ख खप्दैछ सुखले बिग्रने मति
दीनले दिन गुज्रियो सारा जीवनको गति।।
आशाका शीत पक्रेर घैला भर्न हतार छ
न हिउँद न बर्षा यो धमाधम असार छ।
न पाक्छ मनको बाली न भर्छ पेट आखिर
न झांगिन्छ कतै शान्ति बृथा जीउन खातिर।।
आगोले राप खांदैछ फलामले फलाम झैँ
म खांँदैछु तन मेरै घोटी-घोटी दीन दिनै।
अप्रत्यक्ष म हूंँ आफैं आफ्नो जिन्दगिको कसी
त्यै बुझेर म खांँदैछु मलाई नै बसीबसी ।।