यूनियनले क्षेत्रीय अधिबेशन गर्ने

0
149

दमक,२ भदौ/ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको भदौ ९ गते अधिबेशन हुने भएको छ । शनिवार दमकस्थित झापापोष्ट दैनिकको बैठक कक्षमा सम्पन्न यूनियन क्षेत्रीय कार्यसमितिको बैठकले यहि भदौ ९ गते पहिलो क्षेत्रीय अधिबेशन गर्ने निर्णय भएको क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।
यूनियनको असोज ३ मा हुन लागेको जिल्ला अधिबेशनलाई थप क्रियाशील वनाउने हेतुले क्षेत्रीय अधिबेशन गर्न लागिएको हो । क्षेत्रीय अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाईएको छ । तीन वर्ष अघि जिल्लाको माइपश्चिम क्षेत्रलाई समेटेर यूनियनको क्षेत्रीय समिति गठन गरिएको थियो ।
सोहि बैठकले माइपश्चिम क्षेत्रमा यूनियनको नयाँ सदस्यता तथा नविकरण तीन दिनभित्र गरिसक्ने समेत निर्णय भएको छ । बैठकको संयोजन संघका जिल्ला सचिव गिरीराज भट्टराईले गरेको संघका क्षेत्रीय उपाध्यक्ष बेणु अधिकारीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here