करको चिच्याहट बन्द गर =मन्त्री आङ्वो

0
268

दमक / प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने करको नाममा राजनीतिक इष्यु बनाएर चिच्याहट नगर्न आग्रह गरेका छन् । उनले ब्यवसाय अनुसारको कर तिर्नु दैनिक नुहाउनु, मुखधुनु जस्तै अपहिहार्य भएको बताए । उनले भने ब्यवसाय अनुसारको कर लाग्दा किन चिच्याउनु ?

दमक उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बाले भने, “जन्म, मृत्यु, बसाइसराई, विवाहलगायत व्यक्तिगत घटना दर्ताका लागि लिइने शुल्कका विषयमा विवाद आइरहेको छ, मन्त्री आङ्बोले भने, “यसमा स्थानीय तहले विचार गर्नुपर्छ ।” उनले जनभावनाअनुरुप शुल्क निर्धाण गर्न आग्रहसमेत गरे ।
उनले भने करको विषयमा सामान्य ब्यवसायी भन्दापनि कर छली गरेर राज्य ठग्न पल्केका ठालु भनाउदाहरुको चिच्याहट देखिएको बताए ।
दोहोरो करका विषयमा चर्चा गर्दै मन्त्री आङ्बोले कतै पनि दोहोरो कर लगाउन नपाइने बताए । “तीन तहको सरकारका कारण कतै पनि दोहोरो लाग्दैन”, उनले भने, “यदि कहीँ त्यस्तो भएको छ भने पनि तुरुन्त सच्याइने छ ।”

संस्थाका अध्यक्ष राजेन्द्र ढकालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न ब्याक्तित्व सहित पत्रकार गोरखापत्र दैनिकका झापा प्रतिनिनि टिकाराम उप्रेतीलाई पुरष्किृत तथा सम्मान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here