छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

0
290

३१ साउन / छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । झापामा करेन्ट लागेर एक अपरिचित महिला र सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान झापाको भद्रपुर ९ स्थित सरकारी वलिक कार्यालय छेउ निर्माण सामग्री राख्नका लागि टाटीले बनाइएको स्टोर कोठाभित्र एक अपरिचित महिलाको शव फेला परेको हो। निर्माण सामग्री लिन गएका एक मजुदरले महिलालाई मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ‘अन्दाजी ५५ बर्षीय ती महिलाको साथबाट भारतीय रुपैयाँ भेटिएको छ’, उनले भने, कोठाभित्र नाङ्गो करेन्टको तार रहेकोले करेन्ट लागेर ढाड जलेको अवस्थामा भेटिएको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा करेन्ट लागेर मृत्यु भएका ती महिलाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिए पनि सनाखत हुन नसकेको उनले बताए। त्यसैगरी, कन्काई नगरपालिका १ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा बुधवार साँझ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने अन्दाजी ५० वर्षीय ती पैदलयात्रीको सनाखत हुन नसकेको प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रुलाई उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड लगिए पनि उनको उपचारका क्रममै बुधबार राति मृत्यु भएको हो । यता पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here