मंसिरमा बसाएको ‘दाल भात तरकारी’ वैशाखमा पाक्ने

0
390

दमक / मह सञ्चारले प्रस्तुतीमा निर्माण गर्न लागिएको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन् ।

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन् । सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् भने ‘अंगरक्षक’देखि नै सहायक निर्देशकको रुपमा सिनेमा निर्देशनको अनुभव बटुलेका छन् । उनले पछिल्लो सफल सिनेमा सत्रु गतेमा समेत सहायक निर्देशक भएर काम गरेका थिए ।

लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ । केही समय अघि नाई नभन्नु ल ५ मा अतिथिको भूमिका खेलेकी निरुता यस सिनेमामा भने लामै भूमिकामा प्रस्तुत हुने भएकी छन् ।

यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौँमा नै हुने बताइएको छ । सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राई प्रियंका कार्की वर्षा राउत पुष्प खड्का लगायतका कलाकारहरु रहनेछ । मंसिर पहिलो सातादेखि छायांकनमा जाने यो सिनेमा अर्काे वर्षको वैशाख १३ गते प्रदर्शन हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here