विराटनगर महानगरपालिकामा बम विष्फोट

0
273

विराटनगर/ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै शक्तिशाली बम विस्फोट भएको छ ।

पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र बम विस्फोट भएको हो । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङ प्रहरीले जनाएको छ । बस विस्फोटबाट एक जना घाइते समेत भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटपछि अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ ।

बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । विस्फोटको कम्पन र भ्mयालको सिसाका कारण मेयर पराजुलीको गाडीको सिसा फुटेको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here