पत्रकार भेटेर विमल शर्माले भने = ‘म भाग्यमानी रहेछु, अवसर चुक्न दिन्न ’

0
591

दमक, २७ साउन / आइतवार विहानै संगम स्वीट्र्स तथा संगम इनटरप्राइजेजका प्रोपाइटर विमल शर्मा निक्कै फूर्तिला र खुशीले गद्गद् थिए । उनले भनेः मेरो निम्तोलाई स्वीकारेर विहानै यतिका साथीहरु आइदिनु भयो, चिया नास्ता खुवाउने अवसर मिल्यो, म खुशी छु । उनले आफूलाई भाग्यमानी सावित गरे । उनले भने– म भाग्यमानी रहेछु ।

यही भेटलाई अवसरको रुपमा लिएर उनले एउटा मोटरसाइकल ओपनिङ गर्ने योजना बनाए, र भने यो अवसर चुक्न दिन्न ।
दमकस्थित न्यू संगम इन्टरप्राइजेजले नयाँ ‘पल्सर १५० ट्विन डिक्स’ भएको मोटरसाइकल दमकमा ल्याएको छ । आइतबार, इन्टरप्राइजेजले आफ्नै सो रुपमा एक कार्यक्रमको आयोजना गरेर सो मोटरसाइकलको उद्घाटन गरेको हो ।
रु २ लाख ५५ हजार नौ सय मुल्य पर्ने सो मोटरसाइकल स्पोर्टी लुक्स र सस्पेन्सनलाई बलियो बनाउने इन्टरप्राइजेजका प्रोपाइटर शर्माले बताए ।
इन्टरप्राईजेजका प्रोपाइटर शर्माका अनुसार उत्कृष्ट पावर र माइलेज क्षमता भएको मोटरसाइकल ग्राहकहरुको रोजाईमा पर्ने बताए । उनले मोटरसाइकल आधुनिक र आर्कषक सहित ब्रेकिङ्ग क्षमता राम्रो भएको जनाए । सजिलो स्टार्ट र एकनाशको प्रकाश दिने विशेषता रहेको मोटरसाइकलमा डिजिटल मिटर छ । आर्कषक रंगहरुमा उपलब्ध हुने मोटरसाइकमा ट्युवलेस टायरको व्यवस्था गरिएको छ । रु २ लाख ५५ हजार नौ सय मुल्य पर्ने सो मोटरसाइकल स्पोर्ट लुक्स र सस्पेन्सनलाई बलियो बनाउने शर्माको दावी छ । प्रोपाइटर विमल शर्मा दमक जेसिजका अध्यक्ष चन्द्र खत्री र पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले ‘पल्सर १५० ट्विन डिक्स’ मोटरसाइकलको सार्वजनिक गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here