मेलानको अध्यक्षमा तारकेश्वर यादव

0
273

 दमक/ दमक चौकस्थित दमक रिफरल ल्यावको सभाहलमा विहिबार सम्पन्न मेलानमा आवद्ध ल्यावोरेटरीहरुको भेलाले जिल्ला कार्यसमिति पूर्नगठन गरिएको हो । पूर्नगठित जिल्ला समितिको अध्यक्षमा तारकेश्वर यादव चुनिएका छन् ।

११ सदस्यीय गठित जिल्ला समितिको उपाध्यक्षमा अमितराज पाण्डे,सचिवमा रञ्जितकुमार महतो,सहसचिवमा पर्शुराम पौडेल( दिपक ) र कोषाध्यक्षमा भूमिका लामिछाने ( ढकाल ) चुनिएका छन् । यसैगरि सदस्यहरुमा सुस्मत निरौला,दीपेन्द्र मोची,विनोद अधिकारी,नारायण घिमीरे,पुरन सापकोटा,सविना बल र बबिन सुन्च्युरी रहेका छन् ।

यसैगरि जिल्ला भेलाले प्याथोजिष्ट डाक्टर गुरुराज मैनालीको संयोजकत्वमा ६ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ । गठित सल्लाहकार समितिको सहसंयोजकमा अञ्जनीकुमार झा,विल्टु शाह,रोजिना कार्की,देवीप्रसाद भट्टराई र चन्द्र थापा रहेका छन् । मेलानका केन्द्रीय उपाध्यक्ष प्रयागराज पन्तको प्रमुख आतिथ्यतामा भएको सो भेलामा मेलान प्रदेश अध्यक्ष नविन खड्का ,डा. मैनालीलगायतले बोलेका थिए । भेलामा जिल्ला भरिका पाँच दर्जन बढी ल्यावोरेटरीहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here