पत्रकारिता बचाएको दार्जिलिङलाई फर्केर हेर्दा

0
412

    विमल लामिछाने

दार्जिलिङबाट आएका मुखीया बादेखि गाउँमा काकाहरु निक्कै डराउँथे । दार्जिलिङमा लाहुर भर्ती भएर पेन्सनमा फर्किएका मुखीया बाको ठूलै रवाफ थियो । दार्जिलिङे मुखीया बाले खेताला बोलाएपछि आप्mनो काम छोडेर भएपनि जानै पथ्र्यो । उनको रोपाईं र परेलीमा कोही छुट्यो भने घरमै गएर बुट बजार्थे । उनको रोपाईं नसकुनजेल कुलाको पानी अरुले छुन मिल्दैनथियो । घोडामा चढेर छकछक छकछक गर्दै आएका दार्जिलिङे लाहूरे मुखीया बाको घण्टी बज्ने वित्तिकै वाहिर निस्केर स्यालोट ठोक्नु पथ्र्यो । उसो त ब्याजको स्याज जोडेर लिएपनि चाडबाडमा पर्ने अभाव पनि टारिदिन्थे, मुद्धा मामिला पर्दा निर्णायक बोलवाला हुन्थे मुखीया बा । चाहेर वा नचाहेर सबैले मान्नै पथ्र्यो दार्जिलिङे मुखीया बालाई ।
दार्जिलिङबाट मुखीया बाले चार ब्याट्री जाने टर्चलाइट र रेडियो लिएर आएका छन् रे भनेर काकाहरुसँग हेर्न गएको हिजो जस्तो लाग्छ । कसैले दार्जिलिङको कुरामात्र गर्दा पनि मेरो बालमस्तिष्कले दार्जिलिङको लाहुर भर्तीबाट फर्केका मुखीया बाले भिरेको ठूलो रेडियो र खोलापारी टारी खेतका गराहरुमा छिपछिपे पानीसम्म छर्लङ्ग देखिने टर्चलाईटको फोकस सझिरहन्थ्यो ।


सानामा मैले सुनेको कथाले मेरो बाल मस्तिष्कमा दार्जिलिङ, खार्साङको झिलिमिली र एउटा लाहुरे स्वप्निल आकृति खिचिदिएको थियो । कहाँ होला यो दार्जिलिङ… ?
पहाडी दुर्गम ठाउँको एउटा गाउँमा, विकासका योजनाबाट धेरै पर निरिह भएर बाँचेको मेरो मनलाई कहिलेकाहीं हिउँदमा दार्जिलिङ गई ढाकरमा नून–मट्टीतेल, लाहूरेपनको पोगरी भएको छातेटोपी र कालो चस्मा लिएर आउने गाउँले दाजुहरूले गरेको दार्जिलिङको वर्णनले झन् अर्कै व्यक्त गर्नै नसकिने तृष्णा भरिएको थियो ।

हुनत नेपालमा माओवादीले सञ्चालन गरेको जनयुद्धताका भूमिगत रहेर सञ्चालन गरिएका पत्रिका र रेडियोमाथि तत्कालिन सरकारले धावा बोलेका बेला पशुपतिनगर र दार्जिलिङको माथिल्लो भाग नै मिडिया बचाउने केहि आश्रयस्थल बनेका थिए । त्यो बेलाको प्रकाशनमा म दार्जिलिङ बसेको पनि हूँ । यस अर्थमा भन्दा ‘मेरो पत्रकारितालाई दार्जिलिङले बचाएको छ’ । तर त्यो बेला दार्जिलिङलाई नजिकबाट अध्यायन गर्ने मौका मिलेको थिएन ।
पछिपछि त कुनैकुनै लेखहरूमा ‘पहाडकी रानी’,‘गोर्खाली लाहुरेको गाउँ’ आदि भनेर दार्जिलिङलाई सम्बोधन गरिएको समाचार पनि पढ्थें । दार्जिलिङको सुन्दरताको बखानले मेरो दार्जिलिङ देख्ने लालसालाई अझ चेज बनाइदिएको थियो ।
आवश्यक पर्दा एकै दिनमा पुगेर आउन सकिने दार्जिलिङ समुन्द्रपारीजस्तो मानेर गइँदैनथियो, न कि काम पनि परेको थिएन । लाहुरे गाउँ दार्जिलिङको सुन्दर अनुहार नियालेर हेर्ने भोक मरेको थिएन, केले रोकेको थियो, केले छेकेको थियो ।
समयचक्रसँगै इलामका पत्रकार सोम सुशेलीले हाम्रो ग्रुप च्याट बक्समा लेखे– ‘पत्रकार महासंघ प्रदेश समितिको तेस्रो बैठक २०७५ साउन १ गते इलामको पशुपतिनगरमा बस्ने योजना भयो है ।’ सबैसाथीहरुले लाइक संकेत गरेपछि मैलेपनि ओके लेखेँ । सोहि अनुसार मिटिङ सकेपछि बचेको समय दार्जिलिङ घुम्ने योजना भयो । मैले समय निकाल्न सकिन्न कि भन्दैथिए, सगरमाथा कार्यक्षेत्र भएका पत्रकार मित्र बुद्धवीर राईले तपाईसँगै घुम्ने इच्छा छ भनेपछि मैले नाई भन्ने सकिनँ । योजना बन्यो, मेरो लागि गन्तब्य नयाँ नभएपनि दार्जिलिङलाई नियालेर हेर्ने लालसाले भने पूर्णता पाउने पक्का भयो ।

पहिले लाहुर जान नेपाली पहाडबाट पशुपतिनगर आउथें रे । परीक्षामा उत्तीर्ण भएपछि यहाँबाट दार्जिलिङ हुदै कलकत्ता जान्थे । त्यहाँ पानीजहाज चढेपछि उनीहरू मलाया पुग्दथे भन्ने चाहिँ सानैमा सुनेको थिए । पुरानो बाटो पनि यही हो ? पशुपतिनगर सीमानाको अघिल्तिर गेटभित्र पस्ने वित्तिकै मैले चालकलाई सोधेँ । चालकले जवाफ दिए, सीमा तर्ने चोर बाटा त ६३ वटा छन्, तर मुख्य बाटोचाहिँ यही हो, सायद यही होला ।
उत्सुकता जाग्दैथियो, सडकको एक किनारामा बडेमान सल्लाका रुखहरु थिए, आहा कति राम्रा रुख । सँंगै बसेका शोम सुशेलीले ठट्यौली भाषामा तितो यथार्थ सुनाए, यी ठूला रुख भएतिर भारत र तिते, उन्युघारी भएतिर नेपालको भूमि है सर ! पछिल्लो सिटमा बसेका सबै साथीहरु गलल हाँसे । लाचार भरिएको विरक्तिएको हाँसोसँगै एकले भने हाम्रातिर त यत्रा ठुल्ठुला रुखहरु कहाँ रहन पाउँछन् र ! राजनीतिक परिवर्तन हुनासाथ रातारात गायब भैहाल्छन् नि यस्ता रुखहरु !, गाडी हुईकिरहेको थियो । म स्तब्ध भएर हेरिरहेँ । कुहिरोले भ्mयाप्प छोप्थ्यो र एकैछिनमा स्वाट्ट खुल्थ्यो, खुलेको मौका छोप्तै रमाइला सिनहरुमा सेल्फी हानेर फुरुङग हुँदै हामी अघि बढ्यौं ।

 

पशुपतिनगरबाट ११ किलोमिटरको यात्रा पछि दार्जिलिङ पुगियो । हामी सबै पत्रकारकै टोली थियौं । दार्जिलिङ पस्नेवित्तीकै सगरमाथाका बुद्धवीर राई भन्दैथिएः बोटबिरुवा, हावापानी, खोलानाला, मानिसहरु सबै उस्तै । जस्ता नेपालमा छन् । चियावारी, विजुली, सडक र बजारमा चाहिं आकाश जमीनकै फरक । यताका मानिस कर्मठ रहेछन्, कि सरकारले चासो दिँदो हो ? ।
दार्जिलिङमा जस्तो शिक्षा, सौन्दर्य, र कलाको त्रिवेणी अन्त कतै देख्न नपाएका धनकुटाका सन्तोष रुचाल घुमफिर गर्नेमात्र होइन, यहाँबाट धेरैकुरा सिक्नुपर्छ भन्दैथिए । पत्रकार गणेश राई एकहातमा डायरी र कलम, अर्काे हातमा क्यामेरा र झोला च्यापेर वरपर गर्दै फोटा खिच्न तल्लिन रहे । सुनसरीका जयकृष्ण यादव भन्दैथिए सोचेभन्दा रमाइलो ठाउँ आइपुगियो । पाँचथरका विपेन्द्र गौतम, सुनसरीका शशि कोइराला र रीता मोक्तान नयाँ सिनमा फोटा लिन फूर्तिला देखिए । विक्रम लुईटल कमाण्ड सम्हाल्दै सम्भावित दुर्घटनाको जोखिमबाट बच्न निर्देश गरिरहेका थिए । विराटनगरका विवक गौतम, कुमार लुईटेल, ब्रम्हदेव यादव, लगायतका साथीहरु पहाडी चिसो र हरियाली सिनलाई अलिकति भएपनि बोकेर विराटनगर नै लानपाए हुन्थ्यो झै गर्दै आहा कति श्वछ र चिसो हावा भन्दैथिए ।
त्यो विकट र त्यति भिरालो पहाडमा निकालेको त्यो बाटो र त्यो रेलको लिखको यथार्थ भूगोल देख्ता मलाई धेरै खुल्दुली र इष्या पनि लाग्यो, ओहो नेपालका यस्ता हजारौं भित्ताहरुलाई यसरी नै सिंगार्ने योजना भए नेपाल कस्तो बन्थ्यो होला, मनमनै कल्पना गरेँ । तलदेखिको त्यो बाँदर लड्ने पाखोमा कति सुन्दर र चिटिक्कका घरहरू बनाएर मानिसहरू बसेका ! सामुहिक रुपमा पर्यटकीय स्थल र हरियाली सहयारेका रहेछन्, लोभ लाग्दो गरी ।
अंग्रेजद्वारा निर्मित कलाले भरिएका भौतिक संरचना, बाँदर लड्ने भीडमा ठडिएको स्टेसन, पार्किङ भवन अग्ला घर र लमतन्न फैलिएको पहाडभरी चियावारीको हरियाली देखेर चकित हुँदै घुमिरहेका नेपालीहरु अचेल दार्जिलिङ शहरमा छ््यापछ्याप्ती भेटिदा रहेछन् । बंगाली पर्यटकले खचाखच भरिने शहरका गल्ली, चोक र पर्यटकीय गन्तव्यहरुमा नेपालीको बाक्लो उपस्थिति देखियो । शीरमा ढाका टोपी ढल्काएर होस वा ह्याट पहिरेर, नेपालीको बढ्दो आगमनले दार्जिलिङका नेपालीभाषीहरु पनि खुसीको अनुभव गर्दारहेछन् । दार्जिलिङको पर्यटकीय बाटोमा घुमिरहँदा अतीतमा मुखीया बाको दार्जिलिङबाट ल्याएको चारबेटरे टसको आँखासम्म आएको दूरप्रकाश र मुखीया बाका छोराले सँधै काँधमा भिरेर हिड्ने ठूलो रेडियोको आवाजमा गुञ्जिएको संगीत र दोहोरी सम्झिरहेँ ।

दार्जिलिङको गहनाका रुपमा परिचित तेन्जिङ रक, तेन्जिङनोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा प्रयोग गरेका साढे छ किलो तौलका जुत्ता, उस्तै भारी ज्याकेट, पुरानो क्यामेरालगायतका सामग्रीदेखि उनको समाधीस्थलसम्म सजाएको रहेछ । गोर्खाली पहिचान झल्कने खालको कपडा लगाएर त्यहाँ फोटो खिच्न पनि नेपालीहरु तँछाडमँछाड गरिरहेका देखिन्थे । म पनि उनीहरुको खुशीभन्दा बाहिर रहन सकिन र छेउमै टासिएर क्लिक क्लिक सेल्फी खिचेँ । भित्रैदेखि सन्तुष्ट हुनेगरी ।

आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक सामुन्नेको चौरस्ता पुग्दा गर्वको अनुभूति भयो । आहा नेपाली पन । चौरास्तामा उभिएर चारैतिर आँखा घुमाएँ, उता चियावारीतिर पनि आँखा डुलाएँ, माथि हिमाल मुस्कुराइरहेछ, यी अमूक साक्षीहरूसित मैंले खोजें नेपाली पनले भरिएको यो रमणीय भूगोलमा भारतहस्तक्षेपमुक्त दार्जिलिङ ।
चौरास्ताबाट र्फकदा दाहिनेतिर ‘दास फोटो स्टुडियो’ पनि झुलुक्क देखें जसमा शीशाभित्र सजाएका र विक्रिमा राखेका थुप्रै तस्वीरहरू हेर्न लायक थिए । त्यहाँबाट र्फकंदा घूममा युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा समेटिएको सानो रेलको सुस्त गति र पत्पत्ती निस्किएको धुँवा अवलोकन गर्न निक्कै मज्जा आउँदोरहेछ ।

अलि तल झरेपछि नेपालका राजा विरेन्द्रले पढेको स्कूल जो अहिलेपनि सरकारी मातहतबाटै चलाएको रहेछ, राजकीय महाँविद्यालय । हामीलाई घुमाउने चालकले भन्दैथिए ‘नेपालका पनि धनीमनीका छोराछोरी त अझै पनि यही स्कूलमा पढ्छन् नि, वातावरण श्वछ छ’ ।
बतासेलुपमा युद्धक्रममा मारिएका गोर्खाली सिपाहीको स्मृति बगैंचा चिटिक्क सजिएको रहेछ । त्यहींबाट कञ्चनजंघा हिमश्रृंखलालाई बाइनाकुलरले हेर्ने व्यवस्था पनि रहेछ । आँखैसामु कंचनजंघा हिमाल मुस्काएको देख्दा चिसो फुईंकीको पर्वाह नै भएन । धित फुकाएर घुमिघुमी हेरियो ।

चियाक्षेत्रमा कार्यरत कर्मचारीलाई त यसक्षेत्रका पाखाभित्ता खुला विश्वविद्यालय सरह नै रहेछन् । यसको अध्यायन, अनुसन्धान गर्नेलाई पनि दार्जिलिङ उत्तिकै महत्वपूर्ण थलो बनेको रहेछ । त्यहीभएर, सिन्धपाल्चोक, दोलखा, स्याङ्जालगायत जिल्लाबाट चियाखेतीप्रति इच्छुक किसानहरु यतैका मिरिक, खरसाङ, सौरेनी, कालेम्पोङलगायतका स्थानमा घुम्न आउँदा रहेछन्् । अधिकांश नेपालीहरु पशुपतिनगर नाकाबाट दार्जिलिङ पस्छन् भन्थे पशुपतिनगरका बासिन्दाहरु ।
पशुपतिनगरको सीमा प्रहरीले राखेको तथ्यांकका आधारमा एकैदिनमा ३५ समूहसम्म नेपालीहरु पर्यटकको रुपमा दार्जिलिङ पस्ने गरेको रेकड रहेछ । दूरी उति टाढा नहुनु र बोलीचाली पनि नेपालीमैं हुनुले दार्जिलिङलाई नेपालीले घुम्ने गन्तव्य बनाउन सजिलो भएको अनुभव भयो मलाई । एक दिन बस्नेगरी जाँदा एकहजार रुपैंयाँले नैं खानबस्न खर्च पुग्ने भएकाले पनि दार्जिलिङ सस्तो पहाडी पर्यटकीय क्षेत्र भएको होला । दुःखको कुरा चाहिँ नेपाली गाडी भारत छिर्न नपाउने तर भारतीय गाडी निर्वाध नेपाल पस्न पाउने नियम रहेछ, बहुत विभेदपूर्ण नियम । सीमा नाकाबाट भारत पस्नेबेलामा भारतीय नम्बर प्लेट भएकै गाडी रिजर्व गर्नुपर्ने, हामीले पनि तेसै गर्यौं ।
समय र पैसा हुनेहरु दार्जिलिङ पुगेर सन्दकपुर, गान्तोक, मिरिक, टिष्टाजस्ता रमाइला गन्तव्य पनि गाह्रो नभइ घुम्न सकिने रहेछ । चराहरु चिर्बिराइरहेको कुनै लेकाली जंगलको झल्को आउने चिडियाखानामा बंगाल टाइगर, रेडपाण्डा र याक हेर्न पाउँदा प्रकृतिको नजिक पुगेको अनुभव हुन्थ्यो रे तर हामी गएको दिन चिडियाखान बन्द रहेछ । त्यो मौका हामीबाट चुक्यो ।
टाढाका साथीहरु र घुम्ने दीर्घकालिन योजना नभएकाले हामी दार्जिलिङ पुगेको दोस्रोदिन नै फर्कियौं ।
पशुपतिनगरबाट झापा झर्ने गाडी समाउदा साँझ परिसकेको थियो । झापा झर्दा बाटाभरी दार्जिलिङको रमाइलो मस्तिष्कमा ओहोर दोहोर गर्दै कुदिरहेको थियो । दार्जिलिङलाई तीन चरणमा देखे । बाल्यकालमा मैले सुनेको लाहुरे दार्जिलिङ । भूमिगत पत्रकारिताका बेला आश्रय लिएको दार्जिलिङ र खुल्ला आकाशमसुनी नियालेर हेरेको दार्जिलिङमा धेरै भिन्नता लुकेको रहेछ । रमाइलो दार्जिलिङ । bmllamichhane@gmail.com

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here