धानको वर्गीकरण सहित मुल्य निर्धारण

0
383

साउन, २४,झापा/ सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद्बै ठकले मोटा धान प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धान प्रतिक्विन्टल दुई हजार चार सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए । चालू आर्थिक वर्ष ०७५र७६ को बजेटले बाली लगाउनुअघि नै प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने घोषणा गरेको थियो ।

न्यूनतम समर्थन मूल्य तोक्दा किसानले पाउने मूल्यबारे पहिले जानकारी लिएर उक्त बाली लगाउने वा अरू नै खेती गर्ने भन्नेबारे निर्णय गर्न सजिलो हुन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here