गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर खुल्दै

0
211

दमक /  दमकमा छिट्टै गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । गोर्खा आर्मी भर्ना हुने चाहने युवाहरुलाई लक्षित गरेर सुविधासम्पन्न फिटनेश टे«निङ सेन्टर सञ्चालनमा आउन लागेको हो ।
बुधबार दमक–९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघले पत्रकार सम्मेलन गरि ट्रेनिङ सेन्टरको तयारी हुन लागेको जनाएको हो ।

सगरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष दिपक धिमालले गोर्खा आर्मीसहित विभिन्न आर्मीमा भर्ना हुन चाहने युवाहरुलाई लक्षित गरेर मार्शल आर्टमा नंै त्यसप्रकारको थप तालिम सञ्चालन गर्न लागिएको बताएका छन् । उनले भने,–‘ मार्शल आर्टबाहेक यहाँ फिटनेशसहितको टे«निङका व्यवस्था शुरु गर्ने लागेका छौं ।’

मार्शल आर्टका प्रशिक्षक समेत रहेका अध्यक्ष धिमालका अनुसार टे«निङ सेन्टरमा सिंगापुर पुलिसका भर्खरै मेजरबाट रिटायर्ड भएका दमककै रविन राई (विकास ) मुख्य प्रशिक्षक रहने छन् । दमक–९ घर भएका प्रशिक्षक राई मार्शल आर्ट संघका संस्थापक निर्देशक समेत हुन् । उनले १५ वर्ष बढी सिंगापुर पुलिसमा सेवा गर्दा त्यहाँको राष्ट्रिय स्तरकै मार्शल आर्ट,एथलेटिक्सका प्रशिक्षक थिए । त्यस्तै,उनले अमेरिकाबाट आधुनिक शारीरिक अभ्यास सम्बन्धी एडभान्स तालिम समेत लिएका थिए ।
कार्यक्रममा सहभागि प्रशिक्षक तथा संस्थापक निर्देशक रविनले आफूले विदेश त्यागेर आफनै ठाँउमा सुविधासम्पन्न फिटनेश सेन्टर सञ्चालन गर्न तयारी गरेको बताएका थिए । उनले भने,–‘ अव विदेशमा सिकेका अनुभवलाई आफनै ठाँउमा लगानी गर्ने छु ।’ पल्टने जीवनमा सरदर मासिक ३ लाख बढी रुपैया आर्जन गरिआएपनि आफूले त्यो पैसा त्यागेर आफनै ठाँउको विकासका लागि क्रियाशील रहने प्रतिवद्धता गरे । भन्छन्,–‘ दमकलाई शारीरिक सुगठनसंगै समग्र खेलमा अगाडी बढाउन मेरो भूमिका हुने छ ।’ उनका अनुसार सरगरमाथा मल्टिमार्शल संघलाई थप सुविधासम्पन्न बनाउन हरेक खेल विद्याको शिक्षालय बनाउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा सगरमाथा मल्टिमार्शल आर्टका सल्लाहकार तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले स्वस्थ्य शरीरका लागि खेलकुद अभिन्न अंग भएको चर्चा गर्दे नवस्थापित फिटनेश सेन्टरबाट यस क्षेत्रका बासिन्दाहरुले फाउदा लिने विश्वास राखिन् । दमकमा स्थापित सगरमाथा मल्टिमार्शल आर्ट संघ दमकको नै गहना भएको बताउदैं उनले भनिन्–‘ यसको बृद्धिविकासमा सवैको सहयोग आवश्यक छ । ’

दुई वर्ष अघि दमक–९ मा उक्त मार्शल आर्टको सुविधासम्पन्न भवनको काम अन्तिम चरणमा पुगेको छ । त्यस मार्शल आर्ट यूकेमा अवस्थित सगरमाथा डोजाङको शाखाका रुपमा स्थापना गरिएको जनाईएको छ । संघ देशभरिका ३३ वटा जिल्ला शाखामा आफनो संञ्जाल विस्तार गरिएको अध्यक्ष धिमालले जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here