दमकमा ४ जना कुष्ठ रोगी भेटिए

0
434

दमक/ दमक नगरपालिकाले कुष्ठ रोग पहिचानका लागि चलाइएको १० दिने अभियानमा दमकमा पनि ४ जनामा कुष्ठ रोग रागी भेटिएका छन ।

नगरपालिकाले कुष्ठ रोग पहिचानकालागि संचालन गरेको अभियानको आज आज अन्तिम दिन दमक अस्पतालमा आयोजना गरेको निशुल्क बिषेशज्ञ शिविरमा सो कुरा जनाइएको हो । कुष्ठरोगका बिरामीहरु दमकमा पनि भेटिएको दमक नगरपालिकाका स्वास्थ्य संयोजक इन्द्र अर्यालले जानकारी दिनु भयो ।

कुष्ठ रोग लाग्नै नदिनका लागि पनि नगरपालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । बिरिष्ठ छाला रोग बिशेसज्ञ डां सैयान मास्केले आफ्नो शरिरलाई रोगसँग लड्न सक्ने क्षमताको बिकास गराएमा कुष्ठ रोगबाट बच्न सकिने बताउनु भएको छ ।

नगरपालिकाले १० दिन सम्म बिभिन्न वार्ड वार्डमा कुष्ठ रोग पहिचानको अभियान चलाइएको थियो । अभियान अन्तर्गत आज अन्तिम दिन दमक अस्पतालमा संचालन गरिएको शिविरमा १ सय ९७ जनाले कुष्ठ रोग नभए नभएको परिक्षण गराएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here